रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनवाइ हुँदै

May 31, 2023 - 01:17
 0
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा सर्वोच्चमा आज सुनवाइ हुँदै

काठमाडौँ  । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदै छ।

शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुनुहुन्छ। 

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएपछि उहाँ यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुग्नुभएको थियो । आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा नै बस्नुपर्ने  थियो । अदालतको फैसलाअनुसार थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफीपछि सो कैद मिनाहा भएर उहाँ निस्कन सफल हुन पुग्नुभएको हो ।  

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिएपछि तीव्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत जानुभएको हो ।  

नयाँ संविधान जारी हुन अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित सात सुरक्षाकर्मीसहित आठ जनाको बीभत्स हत्या गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1