आज केही मुद्राको मूल्य बढ्यो, केही घट्यो

झापा, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ भने, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्रा महँगिएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर [...] The post आज केही मुद्राको मूल्य बढ्यो, केही घट्यो appeared first on Jhapa Online.

Dec 6, 2024 - 02:43
 0
आज केही मुद्राको मूल्य बढ्यो, केही घट्यो

झापा, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ भने, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्रा महँगिएका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८९ पैसा थियो। अमेरिकी डलरको यो विनियमदर अहिलेसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा थियो। जको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ०७ र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८० र बिक्रीदर ८७ रुपैयाँ १८ पैसा थियो। आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ९३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६९ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३९ पैसा थियो।

The post आज केही मुद्राको मूल्य बढ्यो, केही घट्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register