सुभेक्षा सहकारीको अध्यक्षमा डिल्लीराम अधिकारी

कनकाई, १६ पुस । सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । झापाको कनकाई–३ सुरुङ्गामा मुख्य कार्यालय रहेको संस्थाको सोमबार कनकाई सामुदायिक वनको सभाहलमा भएको साधारणसभा तथा अधिवेशनबाट नयाँ समिति चयन भएको हो । संस्थाको अध्यक्षमा डिल्लीराम अधिकारी, सचिवमा नारायण [...] The post सुभेक्षा सहकारीको अध्यक्षमा डिल्लीराम अधिकारी appeared first on Jhapa Online.

Dec 31, 2024 - 02:33
 0
सुभेक्षा सहकारीको अध्यक्षमा डिल्लीराम अधिकारी

कनकाई, १६ पुस । सुभेक्षा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।

झापाको कनकाई–३ सुरुङ्गामा मुख्य कार्यालय रहेको संस्थाको सोमबार कनकाई सामुदायिक वनको सभाहलमा भएको साधारणसभा तथा अधिवेशनबाट नयाँ समिति चयन भएको हो । संस्थाको अध्यक्षमा डिल्लीराम अधिकारी, सचिवमा नारायण थापा, उपाध्यक्षमा सूर्यप्रसाद अधिकारी, सदस्यमा क्रमशः युवराज अधिकारी, प्रजिता अधिकारी, हेमबहादुर राई र डिल्लीराम मैनाली (दिनेश) गरी सात सदस्यीय नयाँ समिति चयन गरिएको सल्लाहकार संयोजक किरण दाहालले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष बालकृष्ण चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सदस्य युवराज अधिकारीले गरेको कार्यक्रममा प्रमुख अतिथि चौलागाईं, न्युपाथीभरा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष शंकरप्रसाद पाण्डे, भगवती बचत तथा ऋण सहकारी सस्थाका प्रतिनिधि गोमादेवी कार्की, दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय समिति उपाध्यक्ष नारदमणि न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

गत आव असार मसान्तसम्मा संस्थामा ३ हजार ७ सय १४ जना शेयर सदस्य, शेयरपुँजी १ करोड ७२ लाख २४ हजार ५० रुपैयाँ, बैंक मौज्दात १ करोड १३ लाख २ हजार १ सय ७७ रुपैयाँ, बचत तथा निक्षेप कारोबार ३ करोड ३९ लाख ४ हजार ८ सय ६५ रुपैयाँ ५६ पैसा, कर्जा लगानी तथा असुली ३ करोड १४ लाख ६१ हजार १ सय ३४ रुपैयाँ, नाफा ८६ हजार ७ सय ५७ रुपैयाँ १९ पैसा रहेको छ ।

कार्यक्रममा संस्थाले उत्कृष्ट बचतकर्ता वृहस्पति आचार्य, होमप्रसाद गौतम र माजली हास्दा, उत्कृष्ट ॠणि श्यामकुमारी सुब्बा, महावीर महासेठ सुडी र कल्ठु गन्गाई, उत्कृष्ट कर्मचारीका रुपमा टङ्कबहादुर खत्रीलाई सम्मान गरियो । कार्यक्रममा लेखा समिति संयोजक नारायण थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य मित्रजङ्ग कार्कीले गर्नुभएको थियो ।

The post सुभेक्षा सहकारीको अध्यक्षमा डिल्लीराम अधिकारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register