अमेरिकामा टिकटकको अपिल खारेज, प्रतिबन्ध लाग्नसक्ने

काठमाडौं । अमेरिकी अदालतले छोटो भिडियो एप टिकटकको अपिल खारेज गरेको छ । यससँगै आगामी दिनमा टिकटक अमेरिकामा प्रतिबन्धित हुनसक्ने बीबीसीले जनाएको छ । प्रतिबन्ध लगाउनुले लाखौँ अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भनी संघीय अदालतमा आफ्नो तर्क सुनिने टिकटकले आशा गरेको छ । अदालतले कानूनलाई असंवैधानिक घोषणा गर्ने टिकटकको अपेक्षा थियो तर, त्यसो […]

Dec 7, 2024 - 07:06
 0
अमेरिकामा टिकटकको अपिल खारेज, प्रतिबन्ध लाग्नसक्ने

काठमाडौं । अमेरिकी अदालतले छोटो भिडियो एप टिकटकको अपिल खारेज गरेको छ ।

यससँगै आगामी दिनमा टिकटक अमेरिकामा प्रतिबन्धित हुनसक्ने बीबीसीले जनाएको छ ।

प्रतिबन्ध लगाउनुले लाखौँ अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन् हुने भनी संघीय अदालतमा आफ्नो तर्क सुनिने टिकटकले आशा गरेको छ ।

अदालतले कानूनलाई असंवैधानिक घोषणा गर्ने टिकटकको अपेक्षा थियो तर, त्यसो भएन ।

अदालतले टिकटकको अपिल अस्वीकार गरेको छ । सन् २०२५ को रूपमा टिकटकलाई प्रतिबन्धित गर्ने वा बेच्ने कुरा गर्ने कानूनलाई समर्थन गरेको छ ।

टिकटकले यो कानूनी लडाइँ अझै नसकिएको र यसविरूद्ध सर्वोच्च अदालतमा याचिका दायर गर्ने बताएको छ ।

टिकटकका मालिक चिनियाँ सरकारसँग जोडिएको हुनाले अमेरिका यसलाई प्रतिबन्धित वा बेच्न चाहन्छ । टिकटक र यसको मूल कम्पनी बाइटडान्सले अमेरिकाको यो आरोप अस्वीकार गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register