पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल’ को अध्यक्षमा दीपक थापा निर्वाचित

काठमाडौँ । पोषणको क्षेत्रमा पैरवी गर्दै आएको ‘पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल’ (सिसान)को अध्यक्षमा दीपक थापा निर्वाचित हुनुभएको छ । सिसानको दोस्रो अधिवेसनले अध्यक्षमा दीपक थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । सिसानको निवर्तमान अध्यक्ष प्राडा।उमा कोइराला हुनुहुन्छ । यसैगरी अधिवेशनले उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा नन्दराज अधिकारी र कोषाध्यक्षमा डा।ज्योति श्रेष्ठलाई निर्वाचित गरेको छ ।यस्तै […]

Dec 7, 2024 - 16:23
 0
पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल’ को अध्यक्षमा दीपक थापा निर्वाचित

काठमाडौँ ।


पोषणको क्षेत्रमा पैरवी गर्दै आएको ‘पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल’ (सिसान)को अध्यक्षमा दीपक थापा निर्वाचित हुनुभएको छ ।


सिसानको दोस्रो अधिवेसनले अध्यक्षमा दीपक थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । सिसानको निवर्तमान अध्यक्ष प्राडा।उमा कोइराला हुनुहुन्छ ।


यसैगरी अधिवेशनले उपाध्यक्षमा सुनिल श्रेष्ठ, सचिवमा नन्दराज अधिकारी र कोषाध्यक्षमा डा।ज्योति श्रेष्ठलाई निर्वाचित गरेको छ ।
यस्तै सदस्यहरुमा सरोज ढुङ्गेल, रोशनी श्रेष्ठ, जनक थापा, सुदिप चिलुवाल, रिता गुरुङ र माधबी प्रधान निर्वाचित हुनुभएको छ ।
पोषणका लागि नागरिक समाज सञ्जालले नेपालमा पोषणको क्षेत्रमा पैरवी गर्दै आइरहेको छ । सिसानले पोषण सम्बन्धि कार्यक्रमको कार्यान्वयनको अवस्था, जनचेतना लगायतका विषयमा काम गर्दै आइरहेको छ ।


यस्तै सिसानले बहुक्षेत्रीय पोषण योजना अन्तर्गत स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, र कृषि क्षेत्रसँग समन्वय गर्दै पोषणसँग सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनका लागि सरकार तथा दातृ निकायलाई झक्झकाउँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register