चिसोमा तातो योमरी खाने कि ? पनौती महोत्सव जानुहोस् !

काठमाडौं । जाडोमा ज्यानै तताउने परिकार, तात्तातो योमरी । नेवारका घरघरमा पाक्छ । योमरी, जसलाई खास गरेर नेवार समुदायका घरघरमा शुभ अवसरमा पकाइन्छ, केवल एक परिकार मात्र होइन, एक सांस्कृतिक धरोहर हो । नेपाली परम्परामा खास गरेर नेवार समुदायमा योमरीको विशेष महत्त्व छ । मंसिरे पूर्णिमामा योमरी पकाइन्छ, भगवानलाई चढाइन्छ र इष्टमित्रलाई खुवाइन्छ । चामलको […]

Dec 8, 2024 - 11:39
 0
चिसोमा तातो योमरी खाने कि ? पनौती महोत्सव जानुहोस् !

काठमाडौं । जाडोमा ज्यानै तताउने परिकार, तात्तातो योमरी । नेवारका घरघरमा पाक्छ ।

योमरी, जसलाई खास गरेर नेवार समुदायका घरघरमा शुभ अवसरमा पकाइन्छ, केवल एक परिकार मात्र होइन, एक सांस्कृतिक धरोहर हो ।

नेपाली परम्परामा खास गरेर नेवार समुदायमा योमरीको विशेष महत्त्व छ । मंसिरे पूर्णिमामा योमरी पकाइन्छ, भगवानलाई चढाइन्छ र इष्टमित्रलाई खुवाइन्छ ।

चामलको पिठो भित्र चाकु र तिल राखेर बफाइएको यो परिकार, सधैँ तातो खाएमा स्वादमा अनौठो जादु हुन्छ । जाडोमा खाँदा आङ न्यानो बनाउँछ ।

यही योमरीको मिठो स्वाद र रमाइलो संस्कृति पनौतीमा मनाइने छ, योमरी महोत्सव मार्फत् । रैथाने यो परिकारको चिसो मौसममा अझ धेरै माग हुन्छ । चिसो बढ्न थालेकाले तातो योमरीको स्वाद लिन पनौती पुग्न सकिन्छ ।

पनौती नगरपालिकाको आयोजनामा मंसिर पूर्णिमाको २ दिनअघि मंसिर २८ गते, पनौती ७ लायकु डबलीमा ‘हाट बजार तथा योमरी महोत्सव’ हुनेछ ।

महोत्सवमा सहभागी हुने आगन्तुकहरूले योमरीको स्वादिष्ट भोजनको मजा लिने, मनोरञ्जनमा रमाउने र सांस्कृतिक कार्यक्रमहरू हेर्न पाउनेछन् । सहआयोजक पनौती वडा नम्बर ७ कार्यालय रहेको छ ।

स्थानीय पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पनौती वडा नम्बर ७ का अध्यक्ष सविन ताम्राकारले यस महोत्सवलाई एक महत्त्वपूर्ण अवसरको रूपमा प्रस्तुत गरेका छन् ।

वडाध्यक्ष ताम्राकार भन्छन्, ‘योमरी महोत्सवको उद्देश्य मात्र योमरी खुवाउने होइन, सम्पूर्ण समुदायलाई एकजुट पार्ने र हाम्रो परम्परा र संस्कृति यो हो भनेर र जोगाउने अवसर हो । यसले पनौतीको सांस्कृतिक जीवनमा नयाँ ऊर्जा र रौनक ल्याउने विश्वास छ ।’

‘कृषि, कला र संस्कृति हामी चिनारी, हरित पर्यटकीय गौरवमय संवृद्ध पनौती’ भन्ने नारासहितको पनौती हाट बजार तथा योमरी महोत्सवमा योमरीसहित विविध प्रकारका कृषि उपजहरू, हस्तकला, पारम्परिक वस्त्र तथा अन्य सामग्रीहरूको प्रदर्शन र बिक्री हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register