लयमा फर्कियो टर्कीको सेयर बजार, ठूलो करेक्सन सकिएको विश्लेषण !

काठमाडौँ । टर्कीको सेयर बजार लयमा फर्किएको छ । करिब ५ महिनाको करेक्सनपछि टर्कीको सेयर मापक बोर्सा स्टनबुल स्टक एक्सचेञ्जको बेन्चमार्क ‘बिस्ट १००’ सूचकांक लयमा फर्किएको हो । यसअघि टर्कीको सेयर बजारमा सन् २०२१ डिसेम्बरपछिकै सबैभन्दा ठूलो करेक्सन आएको थियो । बजार गत जुलाईदेखि नोभेम्बर ७ सम्म निरन्तर घटेको थियो । यसअवधिमा टर्कीको सेयर बजार […]

Dec 11, 2024 - 03:03
 0
लयमा फर्कियो टर्कीको सेयर बजार, ठूलो करेक्सन सकिएको विश्लेषण !

काठमाडौँ । टर्कीको सेयर बजार लयमा फर्किएको छ । करिब ५ महिनाको करेक्सनपछि टर्कीको सेयर मापक बोर्सा स्टनबुल स्टक एक्सचेञ्जको बेन्चमार्क ‘बिस्ट १००’ सूचकांक लयमा फर्किएको हो ।

यसअघि टर्कीको सेयर बजारमा सन् २०२१ डिसेम्बरपछिकै सबैभन्दा ठूलो करेक्सन आएको थियो । बजार गत जुलाईदेखि नोभेम्बर ७ सम्म निरन्तर घटेको थियो । यसअवधिमा टर्कीको सेयर बजार २४ प्रतिशतले घटेको थियो । करिब ५ महिनाको समयमा टर्कीको सेयर सूचांक ११ हजार १ सय ३९ बिन्दुबाट घटेर ८ हजार ६ सय १८ सम्म झरेको थियो ।

तर, ३ वर्षयताकै ठूलो करेक्सनपछि बढ्न सुरु गरेको टर्कीको सेयर बजार हाल १० हजार बिन्दुमाथि पुगेको छ । जानकारहरुले ५ महिनापछि बजार बढ्न सुरु गरेकोले टर्कीको सेयर बजार अब लयमा फर्किएको बताएका छन् ।

टर्कीले लिएको आर्थिक स्थिरताको नीति र सकारात्मक जीडिपी वृद्धिदर र मुद्रास्फिति नियन्त्रण गर्न गरिएका प्रयासहरुकै कारण लगानीकर्ताको मनोबल बढेपछि सेयर बजारमा पनि चमक देखिएको जानकारहरुको भनाई छ । अर्कोतर्फ करेक्सनपछि बजारमा अधिकांश कम्पनीको सेयरमूल्य तल्लो बिन्दुमा झरेकोले यसले टर्कीको सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्ने र फलस्वरुप बजार सकारत्मक लयमा फर्किने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register