नेपाली कांग्रेसको नाममा नक्कली प्रेस वक्तव्य सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । नेपाली कांग्रेसको नामबाट जारी गरिएको नक्कली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएको पाइएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नाम र हस्ताक्षर दुरुपयोग गरी तयार पारिएको नक्कली विज्ञप्तिलाई फेसबुक, एक्स लगायतका सञ्जालमा भाइरल गराइएको छ । उक्त नक्कली प्रचारमा संसद्को बजेट अधिवेशन ढिलाइ, अध्यादेशमार्फत शासन चलाउने सरकारको शैली र संवैधानिक परिषद्सम्बन्धी सात अध्यादेशप्रति आपत्ति जनाइएको देखिन्छ । जहाँ लेखिएको छ, "संसदको बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर अध्...

What's Your Reaction?






