अमेरिकाले दियो युक्रेनलाई रुसबाट कब्जा गरेको सम्पत्तिबाट २० अर्ब डलर

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ । अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो । यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी-७ समूहका सदस्य राष्ट्रहरूले जुनमा घोषणा गरेका थिए । अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ रूसले आफ्नो अवैध […]

Dec 11, 2024 - 06:55
 0
अमेरिकाले दियो युक्रेनलाई रुसबाट कब्जा गरेको सम्पत्तिबाट २० अर्ब डलर

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ । अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो ।

यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी-७ समूहका सदस्य राष्ट्रहरूले जुनमा घोषणा गरेका थिए ।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने बताए ।

उनले अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको भन्दै अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो ।

ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए ।

ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा पनि युक्रेनलाई आर्थिक सहायता दिने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register