रास्कोट अस्पताल प्रकरणमा मुकुलको मागः म र रविसहित ५ जनामाथि अनुसन्धान होस्

दाताले करोडौँ रुपैयाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान लिएका थिए । तर, फाउन्डेसनको रकम पत्नी निकिताको खातामा सारिएको भेटिएको छ ।

Dec 12, 2024 - 10:51
 0
रास्कोट अस्पताल प्रकरणमा मुकुलको मागः म र रविसहित ५ जनामाथि अनुसन्धान होस्

काठमाडौं । कालीकोटको रास्कोटमा अस्पताल निर्माणका लागि दाताबाट उठाएको रकम दुरुपयोग भएको विषय बाहिर आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा. मुकुल ढकालले अनियमिततामा छानबिनको माग गरेका छन् ।

रवि लामिछाने फाउन्डेसनमार्फत पैसा हिनामिना भएको आशंका आफूलाई पहिल्यैदेखि भएको भन्दै उनले आफूसमेत ५ जनामाथि छानबिनको माग गरेका हुन् ।

‘नेपाल सरकार र सम्बद्ध निकायलाई फाउन्डेसन र अस्पतालको विषयमा रवि लामिछाने, डीपी अर्याल, दीपक बोहोरा, निकिता पौडेल र म मुकुल ढकालमाथि छानबिनका लागि आग्रह गर्दछु । म कुनै पनि प्रकारको अनुसन्धान र छानबिनका लागि पूर्णरूपले तयार छु र हुलहुज्जतविना कानूनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ ढकालले ट्विटरमा लेखेका छन् ।

ट्वीटमा उनले भनेका छन्, ‘रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुई फरक संस्था हो । रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन । रवि लामिछाने फाउन्डेसनको पैसा हिनामिनाको शंका मलाई त्यतिबेला नै लागेको थियो र मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिए । दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिएँ र केही चेकमा मेरो हस्ताक्षर पनि छन् । मैले काटेको चेक कुनै हिनामिनामा संलग्न छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु ।’

सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अनुसन्धानमा रहेका रास्वपा सभापति लामिछानेले परोपकारका नाममा पनि ठगी गरेको खुलासा भएको खबर बाहिरिएसँगै ढकाल बोलेका हुन् ।

कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेका लामिछानेले सार्वजनिक अपिल गरेर रकम सङ्कलन गरेका थिए ।

दाताले करोडौँ रुपैयाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान लिएका थिए । तर, फाउन्डेसनको रकम पत्नी निकिताको खातामा सारिएको भेटिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register