विश्वविद्यालय ‘मेरिटोक्रेसी’का आधारमा चल्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय ‘मेरिटोक्रेसी’का आधारमा चल्नुपर्ने बताएका छन् । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–८ बिधाङको कालिका माध्यामिक विद्यालयमा बिहीबार आयोजित एकीकृत छात्रावास उद्घाटन एवं चैलिङ नमूना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिएका हुन् । आफू प्रधानमन्त्री हुँदा शैक्षिक […]

Dec 13, 2024 - 00:59
 0
विश्वविद्यालय ‘मेरिटोक्रेसी’का आधारमा चल्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय ‘मेरिटोक्रेसी’का आधारमा चल्नुपर्ने बताएका छन् ।

धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–८ बिधाङको कालिका माध्यामिक विद्यालयमा बिहीबार आयोजित एकीकृत छात्रावास उद्घाटन एवं चैलिङ नमूना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिएका हुन् ।

आफू प्रधानमन्त्री हुँदा शैक्षिक सुधारका लागि शिक्षा विधेयकमा सहमति कायम गराएर अगाडि बढाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्रको सुधारबाटै समाज परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे । उनले आफू सरकार बाहिर रहे पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको बताए ।

तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक सङ्कटको अन्त्य गर्दै समृद्धिको पक्षमा काम गरेको बताउँँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले सङ्घीयता कार्यान्वयनका लागि विभिन्न विधेयक र ऐनहरू बनाउने काममा मेहनत गरेको स्मरण गरे । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register