तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोट खेल सम्पन्न

काठमाडौं । तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता-२०८१ अन्तर्गतका  छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघले वार्षिक रुपमा राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ । काठमाडौंको गल्फुटार स्केटपार्कमा भएको प्रतियोगिताको पहिलो दिनमा दुई सय ५० जना पुरुष र एक सय ५० जना महिला खेलाडीहरुको छनोट चरणका […]

Dec 14, 2024 - 15:55
 0
तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोट खेल सम्पन्न

काठमाडौं । तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता-२०८१ अन्तर्गतका  छनोट चरणका खेलहरु सम्पन्न भएका छन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघले वार्षिक रुपमा राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

काठमाडौंको गल्फुटार स्केटपार्कमा भएको प्रतियोगिताको पहिलो दिनमा दुई सय ५० जना पुरुष र एक सय ५० जना महिला खेलाडीहरुको छनोट चरणका खेलहरु भएको आयोजक संघका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिए ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंक लाल घिसिङले आइतबार उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले बताए।

पुरुष र महिलातर्फ खुल्ला फ्रि-स्टाइल रोल्लर स्केट प्रतियोगिता अन्तर्गत प्रथम हुनेले रु प्रन्ध हजार, दोस्रो हुनेले दशहजार र तेस्रो हने ५ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने छ ।

रोल्लर स्केट खेल अन्तर्गत फ्रि स्टाईल विधामा जिकज्याक विधा खेलाईने आयोजक संघका महासचिव थापाले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register