राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ

काठमाडौं । सङ्घीय संसद् सचिवालयले श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन […]

Dec 13, 2024 - 02:43
 0
राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ

काठमाडौं । सङ्घीय संसद् सचिवालयले श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।

संसदीय सुनुवाइ समितिले शुक्रबार एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ ।

समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register