जमानतमा रिहा भएपछि अल्लु अर्जुनले के भने ?

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई हैदराबादको सन्ध्या थियटरमा “पुष्पा २ : द रूल” चलचित्रको प्रिमियर शोको क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएपछि शुक्रबार पक्राउ गरिएको थियो । तर, तेलांगना उच्च अदालतले त्यही दिन उनलाई जमानतमा रिहा गर्ने आदेश दिएको छ । हैदराबाद अदालतले अल्लुलाई १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिए पनि […]

Dec 14, 2024 - 05:47
 0
जमानतमा रिहा भएपछि अल्लु अर्जुनले के भने ?

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई हैदराबादको सन्ध्या थियटरमा “पुष्पा २ : द रूल” चलचित्रको प्रिमियर शोको क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएपछि शुक्रबार पक्राउ गरिएको थियो ।

तर, तेलांगना उच्च अदालतले त्यही दिन उनलाई जमानतमा रिहा गर्ने आदेश दिएको छ ।

हैदराबाद अदालतले अल्लुलाई १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिए पनि उनका वकिलले उच्च अदालतमा अपिल गरे ।

उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै घटनामा अल्लुलाई मात्र दोषी मान्न नमिल्ने र उनी पनि अन्य नागरिकसरह स्वतन्त्रताको हकदार भएको ठहर गर्दै जमानतमा रिहा गर्यो ।

जेलबाट रिहा भएपछि अल्लुले आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् । उनले भने, ‘धन्यवाद, म कानून पालन गर्ने नागरिक हुँ । म कानूनको सम्मान गर्छु । म यस विषयमा पूर्ण सहयोग गर्नेछु ।’

उनले घटनामा ज्यान गुमाएका महिलाका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । यद्यपि, उनले यो पनि भने कि ‘यो पूर्णतया अनजानमा भएको थियो तर जे भयो त्यसको लागि म माफी चाहन्छु । म यस परिवारलाई सक्दो सहयोग गर्न सधैं तयार रहनेछु ।’

कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले उनलाई शुक्रबार उनको निवासबाटै नियन्त्रणमा लिएर चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register