सेयर कर्जा प्रवाहमा ऐतिहासिक रेकर्ड ब्रेक, यो बुलको संकेत हो ? 

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।  मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा हालसम्मकै […]

Jan 15, 2025 - 04:02
 0
सेयर कर्जा प्रवाहमा ऐतिहासिक रेकर्ड ब्रेक, यो बुलको संकेत हो ? 

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । 

मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा हालसम्मकै उच्च हो । 

यसअघि २०७८ साल भदौमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ६ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो । जुनबेला नेप्से परिसूचक अल टाइम हाई बिन्दु (३२०० बिन्दु) मा थियो । 

चालु आर्थिक वर्षको पाँच महिनामै सेयर धितो कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भएसँगै यसले बजारमा लगानीकर्ताको सक्रियता बढेको सेयर बजारका जानकारहरु बताउँछन् । 

यसो त बजार ३२०० को बिन्दुमा हुँदा अर्थात आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ६ अर्ब सेयर धितो कर्जा प्रवाह भएको थियो । त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा उक्त कर्जा घटेर ८० अर्ब ५० करोडमा सीमित भएको थियो । निरन्तर बजार बियरिसमा गएपछि आर्थिक वर्ष २०७९/८० मा सेयर धितो कर्जा अझै घटेर ७६ अर्ब ३० करोडमा झरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा भने फेरि सेयर धितो कर्जा लिनेहरु बढेपछि सो आर्थिक वर्षमा ९० अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, चालु आर्थिक वर्षको पाँच महिनामै सेयर धितो कर्जा बढेर १ खर्ब ७ अर्ब रुपैयाँ बढी पुगेको छ । 

सेयर धितो कर्जा वृद्धि हुनुमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सीमा हटाउनु नै मुख्य कारण रहेको जानकारहरुले बताएका छन् । सेयर धितो कर्जा लिनेहरु बढ्नुले बजारमा बुलको संकेत गरेको पनि जानकारहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register