काठमाडौं महानगरपालिका दिवस, टुँडिखेलमा म्युजिकल कन्सर्ट सुरु

काठमाडौं।  काठमाडौं महानगरपालिकाको सांगेतिक कार्यक्रम सुरु भएको छ । ३० औं महानगर दिवसको अवसरमा टुँडिखेलमा सांगेतिक कार्यक्रम आयोजना गरिएको हो।  उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यमा मूल समारोह आयोजना गरेको महानगरले कार्यक्रमको अन्त्यमा सांगेतिक कार्यक्रम गरेको हो ।  महानगरपालिका अनुसार आज बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना र पेय पदार्थ र एक वडा एक नमुना […]

Dec 14, 2024 - 10:14
 0
काठमाडौं महानगरपालिका दिवस, टुँडिखेलमा म्युजिकल कन्सर्ट सुरु

काठमाडौं। 

काठमाडौं महानगरपालिकाको सांगेतिक कार्यक्रम सुरु भएको छ । ३० औं महानगर दिवसको अवसरमा टुँडिखेलमा सांगेतिक कार्यक्रम आयोजना गरिएको हो।

 उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यमा मूल समारोह आयोजना गरेको महानगरले कार्यक्रमको अन्त्यमा सांगेतिक कार्यक्रम गरेको हो ।

 महानगरपालिका अनुसार आज बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना र पेय पदार्थ र एक वडा एक नमुना उत्पादन अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु भएको छ । सोही  ठाउँमा अपराह्न सांगीतिक कार्यक्रम सुरु गरिएको हो ।

सांगितिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारीले प्रस्तुति दिनेछन् ।

 साथै, सो कार्यक्रममा कुमार सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमसहित कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास मानिँदै आएको छ । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register