भारतीय टेस्ट टीमबाट कप्तान रोहित बाहिरिने सम्भावना !

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा सिड्नी टेस्टबाट बाहिरिने सम्भावना रहेको छ । भारत र अष्ट्रेलियाबीचको ५ खेलको सिरिजको पाँचौं र अन्तिम टेस्ट खेल शुक्रबारदेखि सिड्नीमा हुँदैछ । यस टेस्ट म्याचको एक दिन अगाडि टीम इण्डियाका सबै खेलाडी अभ्यास गरिरहेको देखिए पनि रोहित प्रारम्भिक अभ्यास सत्रमा ब्याटविना नै देखिएका थिए । रोहित नेटमा […]

Jan 2, 2025 - 09:41
 0
भारतीय टेस्ट टीमबाट कप्तान रोहित बाहिरिने सम्भावना !

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा सिड्नी टेस्टबाट बाहिरिने सम्भावना रहेको छ ।

भारत र अष्ट्रेलियाबीचको ५ खेलको सिरिजको पाँचौं र अन्तिम टेस्ट खेल शुक्रबारदेखि सिड्नीमा हुँदैछ ।

यस टेस्ट म्याचको एक दिन अगाडि टीम इण्डियाका सबै खेलाडी अभ्यास गरिरहेको देखिए पनि रोहित प्रारम्भिक अभ्यास सत्रमा ब्याटविना नै देखिएका थिए ।

रोहित नेटमा आएर सहकर्मी जसप्रित बुमराहसँग अभ्यास गरेनन् । रोहित हातमा हात राखेर यता उता हिँडिरहेका थिए ।

टीम इण्डियाका मुख्य प्रशिक्षक गौतम गम्भीरले पनि यही दिशामा सङ्केत गरेका छन् । उनले पत्रकार सम्मेलनमा प्लेइङ इलेभेनमा कप्तानको स्थान सुरक्षित नभएको बताएका छन् ।

रोहित हालको अष्ट्रेलिया भ्रमणमा रन बनाउन आतुर छन् । उनको ब्याटबाट ३ टेस्ट खेलमा ३१ रन मात्र आएको छ ।

रोहितले म्याचको एक दिन अघि अभ्यास नगरेको र बुमराहसँग मात्रै कुरा गरेको देखियो, यसले सिड्नी टेस्ट नखेल्ने सङ्केत गर्छ ।

उनको स्थानमा शुभमन गिललाई मैदानमा उतार्न सक्ने अनुमान छ ।

बुमराहलाई कप्तानी दिने तयारी छ, जसले पर्थमा खेलिएको पहिलो टेस्ट म्याचमा टीम इन्डियालाई २९५ रनको ठूलो जित दिलाएका थिए ।

गौतम गम्भीरले टेस्ट म्याच जित्ने रणनीतिबाहेक अरू कुनै विषयमा आफूले सिनियर ब्याट्सम्यान विराट कोहली र कप्तान रोहित शर्मासँग कुरा नगरेको बताएका छन् ।

गम्भीरले भने, ‘प्रत्येक खेलाडीलाई थाहा छ । कहाँ सुधार गर्नुपर्छ । हामीले टेस्ट म्याच कसरी जित्ने भनेर मात्रै कुरा गरेका छौं ।’

मेलवर्न टेस्टको अन्तिम दिन किन चल्यो ‘विराट-रोहित ह्यापी रिटायरमेन्ट’ ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register