कर्णालीको ब्याट चलेन, जनकपुरलाई सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सले फाइनलमा पुग्न ११९ रनको सामान्य लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले पूरै ओभरमा ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो । जनकपुरका बलरसामू कर्णालीको ब्याट चल्न सकेन । गुल्शन झाले २५ र देव खनालले २४ […]

Dec 19, 2024 - 08:20
 0
कर्णालीको ब्याट चलेन, जनकपुरलाई सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा जनकपुर बोल्ट्सले फाइनलमा पुग्न ११९ रनको सामान्य लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले पूरै ओभरमा ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो ।

जनकपुरका बलरसामू कर्णालीको ब्याट चल्न सकेन । गुल्शन झाले २५ र देव खनालले २४ रन जोडे । विलियम बोसिस्टोले १४, जिशान मक्सुदले १२ र च्याडविक वाल्टनले ११ रन बनाए । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए । हर्ष थाकेर, जेम्स निशाम र शेर मल्लले १–१ विकेट लिए ।

यस खेलको विजेताले फाक्इनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register