ज्योति समूह विभाजित, नयाँ लोगोसहित उदायो पद्म ज्योति ग्रुप

काठमाडौं । ज्योति ग्रुपले पद्म ज्योति समूहबाट नयाँ यात्राको सुरुवात गरेको छ । एक शताब्दी पुरानो इतिहास भएको ज्योति समूहले औपचारिक रूपमा दुई व्यावसायिक समूहमा विभाजन भएसँगै नयाँ लोगो सहित एकल यात्राको सुरुवात गरेको हो । सम्पत्ति बाँडबाँफाडको विषयमा सुरु भएको विवाद अड्डा–अदालत हुँदै अन्त्यमा व्यावसायिक समूह नै विभाजन भएको छ । दाजुभाइ पद्म ज्योति […]

Dec 15, 2024 - 10:11
 0
ज्योति समूह विभाजित, नयाँ लोगोसहित उदायो पद्म ज्योति ग्रुप

काठमाडौं । ज्योति ग्रुपले पद्म ज्योति समूहबाट नयाँ यात्राको सुरुवात गरेको छ । एक शताब्दी पुरानो इतिहास भएको ज्योति समूहले औपचारिक रूपमा दुई व्यावसायिक समूहमा विभाजन भएसँगै नयाँ लोगो सहित एकल यात्राको सुरुवात गरेको हो ।

सम्पत्ति बाँडबाँफाडको विषयमा सुरु भएको विवाद अड्डा–अदालत हुँदै अन्त्यमा व्यावसायिक समूह नै विभाजन भएको छ । दाजुभाइ पद्म ज्योति र रूप ज्योतिले अब आ–आफ्नै व्यवसाय सञ्चालन गर्नेछन् ।

आइतबार दाजु पद्म ज्योतिले पद्म ज्योति ग्रुप स्थापना भएको घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले धेरै बाधा र चुनौतीहरू पार गरेर पद्म ज्योति समूह स्थापना भएको बताए ।

समूहको अध्यक्ष पद्म ज्योति रहेका छन् भने मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन् । यसअघि ज्योति समूहका मुख्य सदस्य पद्म ज्योति र रूप ज्योति रहेका थिए।

पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको बताइएको छ ।
आइतबार पद्म ज्योति ग्रुपले सार्वजनिक गरेको नयाँ लोगोमा कलश र अष्टमंगल समावेश छ ।

जसले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने बताइएको छ । यस समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ ।

पद्म ज्योति ग्रुप अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register