अब निजी कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउन सहज 

काठमाडौँ । निजी कम्पनीहरुलाई अब प्रिमियममा आईपीओ ल्याउन सहज हुने भएको छ । सरकारले अध्यादेशमार्फत कम्पनी ऐन २०६३ लाई संशोधन गरेसँगै अब निजी कम्पनीहरुलाई प्रिमियममा आईपीओ निकाल्न सहज हुने भएको हो ।  सरकारले अध्यादेशमा निजी कम्पनीको हकमा दायित्वभन्दा सम्पत्ति बढी भएमा साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी प्रिमियम मूल्यको सेयर जारी गर्दा हाल कम्पनी रजिस्ट्रारको कार्यालयको […]

Jan 16, 2025 - 04:05
 0
अब निजी कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउन सहज 

काठमाडौँ । निजी कम्पनीहरुलाई अब प्रिमियममा आईपीओ ल्याउन सहज हुने भएको छ । सरकारले अध्यादेशमार्फत कम्पनी ऐन २०६३ लाई संशोधन गरेसँगै अब निजी कम्पनीहरुलाई प्रिमियममा आईपीओ निकाल्न सहज हुने भएको हो । 

सरकारले अध्यादेशमा निजी कम्पनीको हकमा दायित्वभन्दा सम्पत्ति बढी भएमा साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी प्रिमियम मूल्यको सेयर जारी गर्दा हाल कम्पनी रजिस्ट्रारको कार्यालयको थप स्वीकृति र ३ वर्षको लेखा परीक्षण आवश्यक पर्ने व्यवस्था हटाई प्रक्रियामा सरलीकरण गर्ने उल्लेख गरेको छ । 

योसँगै थप स्वीकृतिको झन्झट लिनु नपर्ने र ३ वर्षको लेखा परीक्षण पनि आवश्यक नपर्ने भएपछि यसले निजी कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न थप सहज हुने जानकारहरु बताउँछन् । 

त्यस्तै, कम्पनी स्थापना भएपछि संस्थापक वा अन्य कुनै व्यक्तिलाई नगदबाहेक अरु १० कुनै माध्यमबाट सेयर खरिद, जारी वा सेयरमा हक प्राप्त गर्ने अधिकार प्रदान गर्न सक्ने व्यवस्था पनि सरकारले अध्यादेशमार्फत गरेको छ । 

सँगै सरकारले अध्यादेशमार्फत विशेष प्रस्ताव पारित गर्दा सेयर डिस्काउन्टमा निष्कासन वा बिक्री गर्न सक्ने व्यवस्था गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register