आइसिटी अवार्ड २०२४को सपोर्टेड बाई पार्टनरमा एनसेल

काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरूको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो । योसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ । यो सहकार्यको उद्देश्य आइसिटीमा भएको […]

Dec 15, 2024 - 10:43
 0
आइसिटी अवार्ड २०२४को सपोर्टेड बाई पार्टनरमा एनसेल

काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरूको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो ।

योसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ । यो सहकार्यको उद्देश्य आइसिटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरूलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको छ ।

नवौँ संस्करणको इन्ड्राइभ आइसिटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ ।

उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आइसिटी अवार्ड प्रदान गरिने छ ।

“हामी आफै पनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आइरहेको संस्था हो । डिजिटल रूपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरूको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

सूचना प्रविधि क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत ४ वर्षदेखि आइसिटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ ।

यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूको सम्मानमा आइसिटी अवार्डसँग मिलेर ३ लाख रुपैयाँ नगदसहित उक्त सम्मान गर्नेछ ।

एनसेल फाउन्डेसनले विशेष गरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यहरू, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरू लगायतका पहलहरू अगाडि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register