मोटरसाइकल र स्कुटर चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ।   काठमाडौंका विभिन्न स्थानबाट शुक्रवार दुईओटा सवारी साधनसहित चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बागमती गाउँपालिका ५ ज्यामिरे घर भई काठमाडौँको टोखा बस्ने २४ वर्षीय हेमन्त परियारलाई बागमती प्रदेश ०२-०३० प ५१५९ नम्बरको मोटरसाइकल सहित काठमाडौंको टोखाबाट शुक्रवार  दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर प्रदेश ३-०२-००४ प […]

Dec 15, 2024 - 10:46
 0
   मोटरसाइकल र स्कुटर चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ। 

 काठमाडौंका विभिन्न स्थानबाट शुक्रवार दुईओटा सवारी साधनसहित चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बागमती गाउँपालिका ५ ज्यामिरे घर भई काठमाडौँको टोखा बस्ने २४ वर्षीय हेमन्त परियारलाई बागमती प्रदेश ०२-०३० प ५१५९ नम्बरको मोटरसाइकल सहित काठमाडौंको टोखाबाट शुक्रवार  दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर प्रदेश ३-०२-००४ प ७५१५ रहेको उक्त मोटरसाइकल ललितपुरको बागडोलबाट हराएको भनी बागलुङको गलकोट नगरपालिका ४ बस्ने डेनियल पुनले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

 नियन्त्रणमा आएका परियारलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल  मकवानपुरको बकैया गाउँपालिका ५ घर भई ललितपुरको हरिसिद्धि बस्ने ३० वर्षीय सन्तलाल घिसिङबाट लिएको भनी  बताएको हुँदा खोजी गर्ने क्रममा ललितपुरको पुल्चोकबाट बागमति प्रदेश ०२-०३० प १७४३ नम्बरको स्कुटर लिई हिँडिरहेको अवस्थामा घिसिङलाई समेत नियन्त्रणमा लिइएको हो । 

घिसिङले लिई हिँडेको स्कुटरको बारेमा समेत सोधपुछ गर्दा  उक्त स्कुटर काठमाडौंको टोखा नगरपालिका ९ स्थित विनायक हस्पिटल अगाडीको पार्किङबाट  हराएको भनी खोटाङका शिव कुमार बस्नेतले निवेदन दिएका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले जानकारी दिए । 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक राउतले सम्पूर्णमा अनुरोध गरेका छन्। 

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम सजग भइ सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register