बालबालिकाको सिकाई स्तर वृद्धिको लागि अभिभावक शिक्षा सिकाई

बाजुरा ।  मानव सिकाइको जग प्रारम्भिक वाल सिकाई हो । वालव विकासका लागि पहिलो पाठशाला आमाबुवा हुन् भने दोस्रो पाठशाला घर छिमेक हो  ।  तेस्रो पाठशाला विद्यालय क्षेत्र हो। बालबालिकालाई जीवनको कुन दिशा तिर लैजाने भन्ने कुरा पहिलो प्राथमिकतामा आमाबुबा  अर्थात् अभिभावक नै पर्छन्। अभिभावकले आफ्ना सन्ततीलाई जता लगायो नानीबाबुहरू उतैतिर लाग्छन् । अर्थात् बालबालिका […]

Jan 9, 2025 - 09:11
 0
बालबालिकाको सिकाई स्तर वृद्धिको लागि अभिभावक शिक्षा सिकाई

बाजुरा । 

मानव सिकाइको जग प्रारम्भिक वाल सिकाई हो । वालव विकासका लागि पहिलो पाठशाला आमाबुवा हुन् भने दोस्रो पाठशाला घर छिमेक हो  । 

तेस्रो पाठशाला विद्यालय क्षेत्र हो। बालबालिकालाई जीवनको कुन दिशा तिर लैजाने भन्ने कुरा पहिलो प्राथमिकतामा आमाबुबा  अर्थात् अभिभावक नै पर्छन्। अभिभावकले आफ्ना सन्ततीलाई जता लगायो नानीबाबुहरू उतैतिर लाग्छन् । अर्थात् बालबालिका लाई  काँचो माटो  पनि भन्ने गरिन्छ । 

 यद्येपी पछिल्लो समयमा विश्वव्यापी सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै बालबालिकाको सिकाई प्रभावित भएको छ । बालकका हात हातमा किताब र खेलौना हुन पर्नेमा मोवाइल ट्यावलेटको बिगबिगी छ । गाउँ देखि सहरका  अधिकांश विद्यार्थीहरु बढ्दो सामाजिक सञ्जाल करणको दुरुपयोगले सिकाइ उपलब्धिमा ह्रास आउन थालेको छ । 

 आधारभूत तहका बालबालिकालाई कुलतमा फस्न नदिन नैतिक आचरण शिक्षा दिलाउन पहिलो पाठशाला अभिभावक सिकाइका साथ शिक्षामा उपलब्धिमा पहुँच पु¥याउन सामाजिक विकास कार्यालय बाजुराले अभिभाव शिक्षा सिकाइमा जोडदिँदै आएको छ।

  जिल्लाका नौ वटै स्थानीय तहमा आधारभूत तहका बालबालिका लागि सिकाई अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अभिभावक प्रशिक्षण कार्यक्रम गर्दै आएको सामाजिक विकास कार्यालय बाजुराका प्रमुख  मीन लामिछानेले बताए ।

बाजुराका सात वटा स्थानीय तहका विद्यालयमा प्रारम्भिक बाल शिक्षा सिकाइका लागि अभिभावकलाई सचेतानामुलक अभिमुखी कार्यक्रम गर्दै सकारात्मक प्रभाव परेको छ । अभिभावक सजग गराउँदा उनका बालबालिकालाई पढाइमा केही रुचि जागेको छ कार्यालय प्रमुख लामिछानेले भन्नुभयो । 

 जिल्लाका विभिन्न स्थानीय तह अन्तरगतका आधारभूत विद्यालय सञ्चालन गरेको उक्त कार्यक्रम सोमवार दिउसो सदरमुकाम मार्तडीमा आयोजना गरिएको थियो । मालिका माविको आधारभूत तहमा अध्ययनरत बालबालिकाका चालिस बढी अभिभावकको उपस्थिति रहेको थियो । 

आधारभूत तहका बालबालिकाको सिकाई प्रति रुचि जगाउन पहिलो कर्तव्य अभिवाकको हुन्छ कार्यक्रमका प्रमुख अतिथि एवं मालिका माविका प्रधानाध्यापक शुभराज पाध्याले बताउनुभयो । “ सिकाइको जग आधारभूत सिकाई हो।  आमाबुवा नै पहिलो पाठशाला भएकोले बालबालिकाको चौतर्फी विकासमाका लागि अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ ,तपाईँहरू बालबालिकाको लागि सक्रिय भइदिनुस् ”पाध्ययले भन्नुभयो ।

मालिका माविमा २२ सय बढी बालबालिका अध्ययनरत छन् । विहान १० देखि ४ बजेसम्म विद्यालयमा हुन्छन् भने त्यसपछि बालबालिका अभिभावककै जिम्मामा हुन्छन् विद्यार्थीलाई  सद्गुणी बनाउन अभिभावक सक्रिय हुन आग्रह गर्नुभयो ।  सोही प्रसङ्गमा प्रअ पाध्यायले भन्नुभयो केही दिन अगाडी हाम्रै  विद्यालयका केही बालबालिका स्कुल नआएर  फ्रिफायर  खलेर बसेको देखेँ । सम्झाए भोलिपल्ट देखि स्कुल नै आएनन्  तत्काल उनका  आमाबुबालाई फोन गरें  विद्यालयमा बोलाए ।

आउँछु भन्छन् आएका छैनन् । उनीहरू टाढाबाट आएर सदरमुकाममा  डेरा गरी  बसेका छन्। उनका आमाबुबालाई  लाग्दो होला छोराहरू पढ्दै छन् । यो त प्रतिनिधिमूलक घटना मात्र हो यस्ता बालबालिकाहरू  कुलतमा फसेका धेरै उदाहरण छन् ।  विशेष गरी  डेरा गरी पढ्ने नानीबावु कुलतमा फस्ने देखिन्छ  त्यसैले प्रत्येक अभिभावक उत्तरदायी भूमिकामा  रहन प्रअ पाध्यायले आग्रह  आग्रह गर्नुभयो। 

  कार्यक्रमका सहजकर्ता एवं मालिका माविका शिक्षक धीर बहादुर दानीले पचास बडी अभिभावकले सहजीकरण गर्नुभएको थियो । आधारभुतहका वालवालिकाकको पढाइमा रुचि जगाउन विभिन्न उपायका बारे अभिभावकलाई सहजीकरण गरेको बताउनुभयो । 

सामाजिक विकास कार्यकाल बाजुराले यस आर्थिक वर्षमा विपन्न समुदाय लक्षित युवा युवतीलाई सिपमूलक तालिम ।  आत्म हत्या निरुत्साहन,  लागू औषध विरुद्ध  सम्बन्धी,  आधारभूत तहमा निःशुल्क शिक्षा अनिवार्य सम्बन्धी कार्यक्रम रहेका छन् ।   त्यसै गरी युवा लक्षित तालिम तथा स्वरोजगार तथा सामाजिक जनचेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्न दुई करोड  खर्च गर्ने योजना रहेको कार्यालय प्रमुख लामिछानेले  जानकारी गराए  । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register