मंगलबार ३३.०८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार […]

Dec 31, 2024 - 09:38
 0
मंगलबार ३३.०८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ९४ लाख ९२ हजार ३४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आजको बजारमा सपोर्ट माइक्रोफाइनान्ससहित तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register