कुलमानले बुझाए स्पष्टीकरण- कार्यसम्पादन उत्कृष्ट रहेको जिकिर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् । मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफमा घिसिङलेआफू चार वर्षका लागि मन्त्रिपरिषद्बाट नियुक्त भएको र कार्यसम्पादन उत्कृष्ट रहेको जिकिर गरेका छन् । स्पष्टीकरणमा उनले मन्त्रालयले लगाएका सबै आरोपको खण्डन समेत गरेका छन् । स्पष्टीकरणमा उनले भनेका छन्, […]

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् ।
मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफमा घिसिङलेआफू चार वर्षका लागि मन्त्रिपरिषद्बाट नियुक्त भएको र कार्यसम्पादन उत्कृष्ट रहेको जिकिर गरेका छन् । स्पष्टीकरणमा उनले मन्त्रालयले लगाएका सबै आरोपको खण्डन समेत गरेका छन् ।
स्पष्टीकरणमा उनले भनेका छन्, ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।०४।२५ को निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको कार्य अवधिका लागि मेरो नियुक्ति भएकोमा संस्थागत हित र उल्लेख्य कार्य प्रगति भइरहेको अवस्था एवम् माथि उल्लिखित तथ्य, आधार र विवेचना समेतका आधारमा त्यहाँको पत्रमा उल्लेख भएबमोजिम नियुक्ति अन्त्य गर्ने सम्बन्धी कुनै पनि कारबाही तथा निर्णय गर्ने अधिकार अन्यमा नरहेको ब्यहोरा अनुरोध छ।’
What's Your Reaction?






