रुसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण गरेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसी वायु सेनालाई सेवा प्रदान गर्ने तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको दाबी गरेको छ । क्रेमलिनले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन वर्षपछि मस्को र किएभले ऊर्जा र सैन्य केन्द्रहरूलाई लक्षित गरी सीमापार आक्रमण गरेको शृङ्खलाको यो पछिल्लो आक्रमण हो । “युक्रेनी सेनाले सारातोभ क्षेत्रमा […]

Jan 8, 2025 - 11:18
 0
रुसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण गरेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसी वायु सेनालाई सेवा प्रदान गर्ने तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको दाबी गरेको छ ।

क्रेमलिनले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन वर्षपछि मस्को र किएभले ऊर्जा र सैन्य केन्द्रहरूलाई लक्षित गरी सीमापार आक्रमण गरेको शृङ्खलाको यो पछिल्लो आक्रमण हो ।

“युक्रेनी सेनाले सारातोभ क्षेत्रमा रहेको एंगेल्सस्थित रूसी तेल डिपोमा आक्रमण गरेको छ,” युक्रेनी जनरल स्टाफले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

रूसी अधिकारीहरूले यसअघिको वक्तव्यमा युक्रेनले मानवरहित हवाई वाहनले उक्त क्षेत्रमा आक्रमण गरेको स्वीकारेका थिए ।

युक्रेनको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सारातोभ क्षेत्रमा ११ सहित ३२ वटा ड्रोन खसालेको जनाएको छ ।

यस क्षेत्रका गभर्नर रोमन बुसार्गिनले युक्रेनी ड्रोन आक्रमणपछि आगलागी भएको स्थानमा आपत्‌कालीन टोली पठाइएको जानकारी दिए । आक्रमणमा कोही पनि घाइते नभएको बुसार्गिनले बताए ।

किएभले युक्रेनमा लडिरहेका रूसी सेनालाई आर्थिक सहयोग गर्न प्रयोग हुने रुसी ऊर्जा राजस्वमा कमी ल्याउने प्रयासको एक हिस्सा तेल प्रशोधन केन्द्रमा यसअघिका आक्रमणहरू भएको दाबी गरेको छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register