यी हुन् एनपीएलमा धेरै रन बनाउने पाँच खेलाडी

काठमाडौं । एनपीएलको पहिलो संस्करणमा विजेता टोली जनकपुर बोल्ट्सका लाहिरु मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ८७ रन बनाएका थिए । उनले ९ खेलमा २९३ रन जोडेका छन् । उनले ८७, २, १२, १, १६, ७, २४, ४५, २४ र ७५ रन बनाए । दोस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा […]

Dec 21, 2024 - 10:26
 0
यी हुन् एनपीएलमा धेरै रन बनाउने पाँच खेलाडी

काठमाडौं । एनपीएलको पहिलो संस्करणमा विजेता टोली जनकपुर बोल्ट्सका लाहिरु मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

उनले फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ८७ रन बनाएका थिए । उनले ९ खेलमा २९३ रन जोडेका छन् । उनले ८७, २, १२, १, १६, ७, २४, ४५, २४ र ७५ रन बनाए ।

दोस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा रहे । ८ खेलमा २८६ रन बनाएका बोपारा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका हुन् । उनले ३ अर्धशतक प्रहार गरे । उनले ५३, ४४, २०, १२, ३६, ५९, ५१ र ११ रन बनाएका छन् ।

उनीभन्दा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल ७ रनले पछि परे । पौडेलले ७ खेलमा २७९ रन बनाए । उनले दुई अर्धशतक बनाएका छन् ।

उनले १०, ८, ८०, ३५, ५, ९५ र ४६ रन बनाए । उनले पोखरा एभेन्जर्सविरुद्ध बनाएको ९५ रन सर्वाधिक हो ।

यस्तै, सर्वाधिक रन बनाउनेमा सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैब चौथो स्थानमा छन् । उनले ९ खेलमा २७५ रन बनाए । त्यसक्रममा उनले अर्धशतक प्रहार गरे ।

पाँचौ स्थानमा जनकपुरका जेम्स निशम छन् । उनले २४७ रन बनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register