लन्डनमा नेवारी खाना र संस्कृति प्रवर्द्धन गर्न नेवा: भोज

लन्डन- पासा पुचः गुथि यूकेको साउथ इष्ट लन्डन शाखाको आयोजनामा लन्डनमा मौलिक नेवारी भोज (गुथि भ्वय्) गरिने भएको छ । यही जुन ८ तारिख आइतबार लन्डनको चाल्र्टनस्थित चाल्र्टन पार्क रग्बी क्लबमा भोज हुन लागेको छ । भोजका लागि मौलिक परम्पराअनुसार झण्डै ४० थरि नेवारी परिकारहरु तयार गरिने आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन अध्यक्ष […]

Jun 3, 2025 - 13:46
 0
लन्डनमा नेवारी खाना र संस्कृति प्रवर्द्धन गर्न नेवा: भोज

लन्डन- पासा पुचः गुथि यूकेको साउथ इष्ट लन्डन शाखाको आयोजनामा लन्डनमा मौलिक नेवारी भोज (गुथि भ्वय्) गरिने भएको छ ।

यही जुन ८ तारिख आइतबार लन्डनको चाल्र्टनस्थित चाल्र्टन पार्क रग्बी क्लबमा भोज हुन लागेको छ ।

भोजका लागि मौलिक परम्पराअनुसार झण्डै ४० थरि नेवारी परिकारहरु तयार गरिने आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केले नेपालीलिंकलाई बताए । खानाका साथमा मौलिक शैलीमा तयार पारिने थों र ऐला पनि रहनेछन् ।

उक्त अवसरमा स्टार्टरको रुपमा समयबजी र पछि मेन कोर्सका रुपमा मुख्य भोज रहनेछ । भोजमा पस्किने सबै परिकार गुथिका सदस्यहरु आफैले तयार पार्नेछन् ।

भोजमा नेपालमा जस्तै मौलिक शैलीमा पलेटी कसेर लप्टे (टपरी) मा परिकारहरु सर्भ गरिनेछ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

उक्त अवसरमा बेलायतस्थित नेवार तथा गैरनेवार समुदायका साथै केही बेलायतीहरुलाई पनि आमन्त्रण गरिएको छ । भोजमा २ सय ५० जनाको सहभागिता अपेक्षित छ ।

भोजमा सहभागी हुनका लागि टिकट शुल्क २७ पाउण्ड छ । तर १२ वर्षमुनिका लागि १५ पाउण्ड लाग्नेछ भने ५ वर्षमुनिकालाई निशुल्क छ ।

भोजको टिकट गुथिको वेबसाइटबाट अनलाइन लिन सकिनेछ ।

पासा पुचः गुथि यूकेका अध्यक्ष सुशील प्रजापतिले बेलायतमा नेवारी खाना र संस्कृतिको प्रवर्द्धनको लक्ष्य राखेर यस्ता भोजहरु आयोजना गरिंदै आएको बताएका छन् । नेवार समुदायको मौलिक खाना, परम्परा र संस्कृति बेलायतमै हुर्किंदै गरेको नयाँ पुस्ताका साथै गैरनेवार नेपाली र अरु विदेशी समुदायसम्म पनि पुर्याउन र चिनाउन पनि नेवाः भोज सहयोगी बन्ने अपेक्षा उनले व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register