मंगलबार १४.८७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३  बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ९ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

May 13, 2025 - 10:50
 0
मंगलबार १४.८७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३  बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ९ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार यूनिभर्सल पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबारको बजारमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register