बशर अल–असदसँग सम्बन्धविच्छेद गर्दै अस्मा

काठमाडौं । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदकी पत्नी अस्माले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् । जेरुसेलम पोस्टकाअनुसार अस्माले रुसको एक अदालतमा निवेदन दर्ता गरेकी हुन् । अस्मा बेलायत जाने तयारीमा छिन् । विद्रोही सेनाले दमास्कसलाई द्रुत रूपमा कब्जा गरेपछि बशर परिवारसहित रुस भागेका थिए । उनीहरु अहिले त्यहीँ बसेका छन् । अस्मा सिरियाली कूटनीतिज्ञ र […]

Dec 23, 2024 - 06:11
 0
बशर अल–असदसँग सम्बन्धविच्छेद गर्दै अस्मा

काठमाडौं । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदकी पत्नी अस्माले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् ।

जेरुसेलम पोस्टकाअनुसार अस्माले रुसको एक अदालतमा निवेदन दर्ता गरेकी हुन् । अस्मा बेलायत जाने तयारीमा छिन् ।

विद्रोही सेनाले दमास्कसलाई द्रुत रूपमा कब्जा गरेपछि बशर परिवारसहित रुस भागेका थिए । उनीहरु अहिले त्यहीँ बसेका छन् ।

अस्मा सिरियाली कूटनीतिज्ञ र काडियोलोष्टिकी छोरी हुन् । उनले कम्प्युटर साइन्स र प्रेन्स साहित्य पढेकी छिन् । असदसँग बिहे अघि उनी इन्भेष्टमेन्ट बैंकर थिइन् । दोयचे बैंक र जेपी मोर्गनमा उनले काम गरेकी थिइन् ।

बेलायत र सिरियामा दोहोरो नागरिकता लिएकी अस्मालाई रूसी अधिकारीहरूले अझै पनि उनको अनुरोधको मूल्याङ्कन गरिरहेका छन् ।

डिसेम्बरको शुरुमा दमस्कसको नियन्त्रण कब्जा गर्ने हाइअत तहरीर अल-शाम (एचटीएस)को नेतृत्वमा रहेको विद्रोही सेनाले गरेको महत्त्वपूर्ण आक्रमणपछि असद शासनको पतन भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register