मन्त्री चौधरीमाथि रकम निकासा गर्न रोकेको आरोप

काठमाडौं । उसुका अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरूले बुधबार पत्रकार सम्मेलन गरी खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगितामा सहभागि हुँदाको खर्च निकासा गर्न रोकेको बताएका छन् । दीपक हमाल, विजय सिन्जाली, पासाङ शेर्पा, राजिव तामाङ र निमा घर्ती मगरले उक्त कुरा बताएका हुन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत् प्रतियोगितामा सहभागी हुँदा भएको खर्च निकासाका लागि अनुरोधसमेत गरे । गत […]

Jun 5, 2025 - 05:49
 0
मन्त्री चौधरीमाथि रकम निकासा गर्न रोकेको आरोप

काठमाडौं ।

उसुका अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरूले बुधबार पत्रकार सम्मेलन गरी खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगितामा सहभागि हुँदाको खर्च निकासा गर्न रोकेको बताएका छन् । दीपक हमाल, विजय सिन्जाली, पासाङ शेर्पा, राजिव तामाङ र निमा घर्ती मगरले उक्त कुरा बताएका हुन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत् प्रतियोगितामा सहभागी हुँदा भएको खर्च निकासाका लागि अनुरोधसमेत गरे ।

गत अक्टोबरमा जापानको योकोहामामा भएको थाउलु विश्वकपमा सहभागी भएर कांश्य पदक जित्दा खाना तथा बसोबासबापत भएको खर्च तत्काल उपलब्ध गराउन माग गरेका हुन् । गतवर्ष नै अप्रिलमा चीनको जियानजिनमा सम्पन्न विश्वकप छनोटमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई विश्वकपमा सहभागिताका लागि छानेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीहरूको उत्कृष्ट प्रदर्शन बुझेर आगामी दिनमा अझ राम्रो गर्न सुझाव दिएको खेलाडीहरूले बताए । सदस्य सचिव घिसिङले बैंकबाट रकम निकाल्न सबै ठिक गरेको बेला मन्त्री चौधरीले विना कारण रोकेको खेलाडीहरूले बताए । यसले राष्ट्र र परिषद्को नाम अन्तर्राष्ट्रिय स्तरमा बदनाम भएको देखिएको उनीहरूले बताए ।

खेलाडीहरुले भुक्तानीमा सहजीकरणका लागि अनुरोध गर्न दुई पटक मन्त्रालयमै गएर मन्त्री चौधरीलाई भेट्दा छ्च्चो बचन बोलेको बताए । मन्त्री चौधरीको रवैया खेल र खेलाडीप्रति सकारात्मक नरहेको खेलाडीहरुले दुःख व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार मन्त्री चौधरी यस्तो भनेका थिए–‘खेलाडी आफैले लागेको खर्च तिर्नु । बाहिर खेल्न जानु नजानुसँग मलाई कुनै मतलब छैन । जसले पठाएको हो, उसैलाई भन्न जानु’ ।नेपालबाट प्रतिभावान खेलाडीहरु प्रत्येक दिन विदेश पलायन हुनुमा सम्पूर्ण खेलकुदको अभिभावकत्व ग्रहण गर्नुपर्ने मन्त्रालयको नेतृत्वबाट हुने यस्तै अपमानजनक व्यवहार मुख्य कारण रहेको खेलाडीहरुको जिकिर थियो । पदक विजेता खेलाडीहरुले आफूहरु अत्यन्तै दयनीय अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै न्यायका लागि अपिल गरेका छन् ।

‘हामी राष्ट्रिय खेलाडीहरुको पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर छ । धेरै दुख मिहिनेत गरेर केहि रकम जोहो गरि परिवार हेर्नु छ । खेलको माध्यमबाट राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनु छ । तै पनि हामी खेलाडीमाथि किन राजनीतिक कारण र विभेद गरिन्छ,’ खेलाडीहरुले प्रश्न गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register