टिकट काटेर धरहरा सञ्चालन, पहिलो महिनामा ५५ लाखको टिकट बिक्री

काठमाडौं । पुनःनिर्माणपछि सर्वसाधारणका लागि सशुल्क खुला गरिएको धरहरा सञ्चालनको पहिलो महिनामा ५५ लाख रुपैयाँ आम्दानी भएको छ । मङ्सिर ९ गतेदेखि धरहरामा प्रवेश शुल्क लागू गरेर सञ्चालनमा ल्याइएको हो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका कामु निर्देशक प्रकाश अर्यालका अनुसार, सोमबारसम्म ३१ हजारभन्दा बढी नागरिकले धरहरा चढेका छन् । उनले भने, “१२ […]

Dec 24, 2024 - 08:44
 0
टिकट काटेर धरहरा सञ्चालन, पहिलो महिनामा ५५ लाखको टिकट बिक्री

काठमाडौं । पुनःनिर्माणपछि सर्वसाधारणका लागि सशुल्क खुला गरिएको धरहरा सञ्चालनको पहिलो महिनामा ५५ लाख रुपैयाँ आम्दानी भएको छ ।

मङ्सिर ९ गतेदेखि धरहरामा प्रवेश शुल्क लागू गरेर सञ्चालनमा ल्याइएको हो ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका कामु निर्देशक प्रकाश अर्यालका अनुसार, सोमबारसम्म ३१ हजारभन्दा बढी नागरिकले धरहरा चढेका छन् ।

उनले भने, “१२ वर्षमुनिका बालबालिकाको तथ्यांक राखिएको छैन । तर, छोटो समयमा नै नागरिकको उल्लेख्य उपस्थिति देखिएको छ ।”

धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउँछन् ।

विदेशी पर्यटकका लागि फरक शुल्क निर्धारण गरिएको छ— सार्क राष्ट्रका लागि ५ सय रुपैयाँ र अन्य राष्ट्रका लागि १ हजार रुपैयाँ ।

धरहरा चढ्ने समय बिहान १० ३० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । हरेक बुधबार भने धरहरा सर्वसाधारणका लागि बन्द रहने व्यवस्था छ ।

धरहरा परिसर प्रवेशका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ भने पार्किङका लागि दुई पाङ्ग्रे सवारीलाई प्रतिघण्टा १० रुपैयाँ र चार पाङ्ग्रे सवारीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

धरहरा स्तम्भमा विज्ञापन गर्ने व्यवस्था पनि गरिएको छ । राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ शुल्क लाग्ने छ ।

प्रकाश अर्यालका अनुसार, पुनःनिर्माणपछि धरहरा छिमेकी मुलुकका पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ ।

-रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register