रास्वपामा तीनजना कार्यवाहक, अझै एक पद खाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उच्च नेतृत्वको अघिल्तिर ‘कार्यवाहक’ फुर्का झुन्डिने क्रम अब ‘सभापति’सम्म पुगेको छ । महामन्त्रीबाट सुरु भएको यो पद उपसभापति डोलप्रसाद आर्याललाई ‘कार्यवाहकको जिम्मेवारी’ मिलेसँगै तीन पुगेको हो । सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति अर्यालले कार्यवाहक सभापतिको […]

Dec 24, 2024 - 10:11
 0
रास्वपामा तीनजना कार्यवाहक, अझै एक पद खाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उच्च नेतृत्वको अघिल्तिर ‘कार्यवाहक’ फुर्का झुन्डिने क्रम अब ‘सभापति’सम्म पुगेको छ ।

महामन्त्रीबाट सुरु भएको यो पद उपसभापति डोलप्रसाद आर्याललाई ‘कार्यवाहकको जिम्मेवारी’ मिलेसँगै तीन पुगेको हो ।

सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

लामिछानेकै निर्देशनमा पार्टी सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापति तोकेको हो ।

यसअघि मुकुल ढकाललाई पार्टीबाट निष्कासन गरेपछि महामन्त्री र प्रवक्ता पद खाली छ । दुई पदमध्ये कार्यवाहक महामन्त्रीका रूपमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले काम गरिरहेका छन् । कार्यवाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता मनिष झालाई दिइएको छ ।

२५ असारमा तत्कालीन महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै रास्वपाले पार्टीबाट निकालेको थियो । त्यसअघि २० असारमा रास्वपाले बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र झालाई कार्यवाहक प्रवक्ता तोकेको थियो ।

अझै एक पद खाली

सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेपछि रविको सांसद पद निलम्बनमा छ । रवि संसदीय दलको नेता थिए । सांसदबाट निलम्बन भएसँगै अब स्वत् संसदीय दलको नेता पद खाली छ ।

जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको सूचना पाएसँगै सभामुख देवराज घिमिरेले सूचना टाँसेर लामिछानेको सांसद पद निलम्बन भएको जनाइसकेका छन् ।

८ माघ २०७९ देखि रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ छन् । रास्वपा संसदीय दलको बैठकले नै कार्यवाहक नेता तोक्नुपर्ने हुन्छ । कि संसदीय दलको नेता नै बनाउनुपर्ने हुन्छ । संसद अधिवेशन आह्वान भएपछि दलको बैठक राख्ने रास्वपाको तयारी रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register