पूर्व विशिष्टलाई सुविधा दिने कानुन पारित हुँदैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं  । उपप्रधानमन्त्री समेत रहेका शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने कानुन पारित नहुने दाबी गरेका छन् । पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्व विशिष्टलाई आजीवन सेवा सुविधा दिने हल्लाको पछि नलाग्न भनेका हुन् । ‘यसअघिका कुनै सरकारले गरेको कुरालाई फेरि ल्याएर हल्ला गरिएको छ । पूर्व विशिष्टलाई आजीवन सुविधा दिने […]

Mar 14, 2025 - 11:35
 0
पूर्व विशिष्टलाई सुविधा दिने कानुन पारित हुँदैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं  । उपप्रधानमन्त्री समेत रहेका शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने कानुन पारित नहुने दाबी गरेका छन् ।

पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्व विशिष्टलाई आजीवन सेवा सुविधा दिने हल्लाको पछि नलाग्न भनेका हुन् । ‘यसअघिका कुनै सरकारले गरेको कुरालाई फेरि ल्याएर हल्ला गरिएको छ । पूर्व विशिष्टलाई आजीवन सुविधा दिने कानुन पारित हुँदैन,’ उनले भने ।

राजवादीप्रति लक्षित गर्दै मन्त्री सिंहले जनताले लडेर ल्याएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग रहन नागरिकलाई अपिल पनि गरेका छन् । ‘जनताले लडेर ल्याएको उपलब्धि र अधिकार खोस्ने गरी षड्यन्त्र भइरहेको छ । आफूले लडेर ल्याएको अधिकार रक्षाका लागि सजग बनौँ,’ उनले भने ।

उनले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् । गुटको अन्त्य गर्दै समग्र पार्टी पङ्क्ति एक ढिक्का भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register