प्रेमीलाई विष खुवाउने प्रेमीकालाई मृत्युदण्ड : गुगल क्लाउडले यसरी खुलायो रहस्य

काठमाडौं । भारतको केरला राज्यको एक अदालतले २४ वर्षीया ग्रीष्मा नामकी युवतीलाई आफ्नो प्रेमीलाई विष खुवाएर हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । यो विषय केरलामा अदालतदेखि स्थानीय प्रहरीसम्म चर्चाको विषय बनेको छ । ग्रीष्मामाथि सन् २०२२ मा आफ्नो प्रेमी शेरोन राजलाई विष खुवाएर हत्या गरेको आरोप लागेको थियो । यस मामिलामा विशेष कुरा […]

Jan 26, 2025 - 11:53
 0
प्रेमीलाई विष खुवाउने प्रेमीकालाई मृत्युदण्ड : गुगल क्लाउडले यसरी खुलायो रहस्य

काठमाडौं । भारतको केरला राज्यको एक अदालतले २४ वर्षीया ग्रीष्मा नामकी युवतीलाई आफ्नो प्रेमीलाई विष खुवाएर हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ ।

यो विषय केरलामा अदालतदेखि स्थानीय प्रहरीसम्म चर्चाको विषय बनेको छ ।

ग्रीष्मामाथि सन् २०२२ मा आफ्नो प्रेमी शेरोन राजलाई विष खुवाएर हत्या गरेको आरोप लागेको थियो ।

यस मामिलामा विशेष कुरा के छ भने अदालतले डिजिटल प्रमाणका आधारमा उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।

गुगल क्लाउडबाट प्राप्त प्रमाणले यो अपराध प्रमाणित गर्न प्रहरीलाई धेरै सहयोग गर्‍यो ।

सरकारी वकिलले भने, ”यस मुद्दामा भौतिक प्रमाणको अभाव भएपनि अपराध प्रमाणित गर्न परिस्थितिजन्य प्रमाण र डिजिटल प्रमाणको प्रयोग गरिएको थियो । त्यही आधारमा अदालतले कडा सजाय दिएको छ ।”

कुरा के हो ?

ग्रीष्मा कन्याकुमारी जिल्लाको देवीकोडकी बासिन्दा हुन् । उनले अङ्ग्रेजी साहित्यमा डिग्री गरेकी छन् भने शेरोन राज पर्सलई क्षेत्रमा बस्थे ।

सरकारी वकिलकाअनुसार घटनाको समयमा शेरोन कन्याकुमारीस्थित एक कलेजमा रेडियोलोजीको स्नातकको अन्तिम वर्षमा अध्ययनरत थिए ।

अभियोजककाअनुसार ग्रीष्मा र शेरोन राज प्रेममा थिए । यसैबीच ग्रीष्माका आमाबाबुले उनको अर्को केटासँग विवाह गर्ने निर्णय गर्छन् ।

अभियोजककाअनुसार ग्रीष्माको इन्गेजमेन्ट भारतीय सेनामा कार्यरत एक केटासँग भयो र ग्रीष्माले शेरोनलाई पुराना सबै सम्बन्ध तोड्न भनिन् । तर, शेरोन यसबाट धेरै दु:खी भए र त्यसो गर्न अस्वीकार गरे ।

अभियोजकहरू भन्छन् – शेरोनको सबैभन्दा ठूलो रिस ग्रीष्माविरुद्ध थियो ।

अभियोजककाअनुसार शेरोन यस विषयमा ग्रीष्माको कुरा सुन्न तयार थिएनन् । त्यसपछि ग्रीष्माले शेरोनले भविष्यमा आफ्नो वैवाहिक जीवन बिगार्न सक्छ भन्ने डरले हत्या गर्ने योजना बनाइन् ।

यस उद्देश्यका लागि ग्रीष्माले शेरोनलाई आफ्नो घरमा बोलाएर उनको खानामा विष मिसाइदिइन्, जसका कारण शेरोनको मृत्यु भयो ।

अनुसन्धानमा के भेटियो ? ‌

शेरोनको मृत्युको मामिलामा केरला प्रहरीले विशेष अनुसन्धान टोली अर्थात् एसआईटी गठन गर्‍यो ।

बीबीसी तमिलसँग कुरा गर्दै यस एसआईटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रसिदले भने, ”सुरुमा प्रहरीले अप्राकृतिक मृत्युको रूपमा एफआईआर दर्ता गरेको थियो र त्यो दिशामा मुद्दाको अनुसन्धान सुरु गरेको थियो ।”

तर, शेरोनका आफन्तहरूले मृत्युमा शंका गरेका थिए ।

डीएसपी रशीदले भने, ”केरला प्रहरीको अपराध शाखालाई यो मुद्दा सुम्पिएको थियो र यस विषयमा अनुसन्धान गर्न एसआईटी गठन गरिएको थियो ।”

डीएसपी रसिदकाअनुसार सोधपुछका क्रममा ग्रीष्माले सबै सत्य बताइन्, प्रहरी अनुसन्धानका क्रममा उनले यो कुरा लुकाउन सकिनन् ।

डीएसपी रसिदकाअनुसार प्रहरी हिरासतमा रहँदा ग्रीष्माले शौचालय सफा गर्न राखिएको डिसइन्फेक्सन पिएर आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

यस प्रकरणमा ग्रीष्माकी आमा र मामासँग सोधपुछ गर्दा शेरोनलाई विष खुवाइएको आशङ्का पुष्टि भएको थियो ।

बीबीसी तमिलले यस विषयमा सरकारी वकिल वीएस विनीत कुमारसँग कुरा गरेको छ ।

उनले भने, ”हामीले सामना गरेको सबैभन्दा ठूलो चुनौती प्रत्यक्ष प्रमाणको अभाव थियो । त्यसैले हामीले डिजिटल, प्राविधिक र वैज्ञानिक प्रमाणको सहयोगमा परिस्थितिजन्य प्रमाणहरू जोडेर अदालतमा मुद्दा प्रमाणित गर्‍यौं ।”

यसअघि पनि ग्रीष्माले जुसमा ५० वटा प्यारासिटामोल ट्याब्लेट मिसाएर शेरोनलाई पिउन दिएकी थिइन् तर, जुस तितो भएकाले शेरोनले पिएनन्, त्यसैले त्यो दिन बाँचेका थिए ।

मोबाइल डाटा मेटिएपछि शंका उत्पन्न

यो हत्या प्रयास हुनुअघि ग्रीष्माले आफ्नो मोबाइलमा यसबारे जानकारी खोजेकी थिइन् । विनीत कुमारले भने, ”यो प्रहरी अनुसन्धानमा निकै महत्वपूर्ण सावित भएको छ ।”

अनुसन्धानमा ग्रीष्माले अर्को योजना बनाएर शेरोनलाई घर बोलाइन् । घरमा उनले शेरोनलाई आयुर्वेदिक टनिक पिउन दिइन् । ग्रीष्माले त्यसमा विष मिसाएकी थिइन् ।

प्रहरीकाअनुसार यो टनिक पिएपछि मात्रै शेरोनलाई पीडा हुन थाल्यो । उनलाई बान्ता र पखाला लाग्न थाल्यो । उनलाई उपचारका लागि तिरुवनन्तपुरम मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उनको अवस्था बिग्रियो । एकपछि अर्को गर्दै उनको शरीरका अङ्गहरुले काम गर्न छाड्यो । अन्ततः २५ अक्टोबर २०२२ मा उनको मृत्यु भयो ।

प्रहरीले ग्रीष्माको मोबाइल चेक गरेपनि सबै डाटा डिलिट भएको पाएको थियो ।

विनीत कुमारले भने, ”शारोनको मृत्युको बारेमा सोधपुछ गर्न पुलिस आउने डरले ग्रीष्माले आफ्नो मोबाइल फोनबाट सबै डाटा डिलिट गरिन् ।”

प्रहरीले उनको मोबाइल फोनलाई फरेन्सिक ल्याबमा पठायो र गुगल क्लाउड डाटामा रेकर्ड भएका सबै जानकारी पुनः प्राप्त गर्‍यो ।

ग्रीष्माको मोबाइलबाट ह्वाट्सएप च्याट, भिडिओ कल, सर्च इन्जिन डाटाआदि बरामद गरी अदालतमा डिजिटल प्रमाणका रूपमा पेस गरिएको थियो ।

विनीत कुमारले भने, “घटनाको दिन शेरोन ग्रीष्माको घर गएको प्रमाणका रूपमा इलाकाको सीसीटीभी फुटेज र दुईबीचको व्हाट्सएप कुराकानीलाई लिएको थियो ।”

साथै, दुवैले प्रयोग गरेको पेन ड्राइभ, हार्डडिस्क र सीडीमा रहेको डिजिटल प्रमाण र अन्य परिस्थितिजन्य प्रमाणका आधारमा ग्रीष्माले शेरोनको हत्या गरेको अदालतमा प्रमाणित भएको छ ।

चुनौती र न्यायाधीशको टिप्पणीले भरिएको अनुसन्धान

विनीत कुमारले भने, ”अनुसन्धानका क्रममा शेरोनलाई ग्रीष्माले विष दिएका थिए भन्ने कुरा प्रष्ट भयो, तर पोस्टमार्टममा विष दिएको कुनै प्रमाण भेटिएन ।”

”उपचारका लागि भर्ना भएको ११ दिनपछि शेरोनको मृत्यु भयो । उपचारका क्रममा उनले तीन पटक डायलासिस गराए । यसले उनको रगत पूर्णरुपमा शुद्ध भयो र उनको शरीरमा कुनै विषाक्त पदार्थ थिएन ।”

उनले भने, ”हामीले यी सबै कुरा परिस्थितिजन्य प्रमाणसहित अदालतमा सुनाएका छौं ।”

जनवरी २०, २०२५ को फैसलामा नोय्याटिंकराई अतिरिक्त सत्र अदालतका न्यायाधीश एएम बशीरले ग्रीष्मालाई मृत्युदण्ड र उनका काका निर्मल कुमारन नायरलाई तीन वर्षको जेल सजाय सुनायो ।

आफ्नो फैसलामा न्यायाधीशले प्रहरी अनुसन्धानको पनि प्रशंसा गरेका छन् ।

न्यायाधीशले आफ्नो फैसलामा भने, ”यस मुद्दामा पीडित शेरोन राज र हत्यारा ग्रीष्मा एउटै उमेरका थिए । शेरोनले ग्रीष्मालाई असाध्यै माया गर्थे । उसलाई आँखा चिम्लेर विश्वास गरे । तर, ग्रीष्माले उनलाई धोका दिइन् ।”

अभियोजन पक्षका वकिल विनीत कुमारकाअनुसार ”जब शेरोन मृत्युको शय्यामा थिए, उनले मजिस्ट्रेटको अगाडि गवाही दिए कि उनको ग्रीष्मा विरुद्ध कुनै द्वेष छैन । उनी ग्रीष्मालाई सजाय दिन चाहँदैन्थे । यो एकदमै जघन्य अपराध हो । एक निर्दोष युवकले निर्ममतापूर्वक हत्या गरियो ।”

”विषका कारण शेरोनको मृगौला, कलेजो र फोक्सोलगायत सबै आन्तरिक अङ्गमा क्षति पुगेको थियो । उनको शरीरभरि असहनीय पीडा थियो । अस्पतालमा बिताएका ११ दिनमा उनले एक थोपा पानी पनि पिउन सकेनन् ।”

न्यायमूर्ति बशीरले भने, ”कलेज विद्यार्थीको शुद्ध र निस्स्वार्थ प्रेमको हत्या भयो । यस्तो कुराले सिङ्गो समाजलाई स्तब्ध बनाएको छ । यी सबै कुरालाई ध्यानमा राख्दै यो घटनालाई दुर्लभ मान्दै ग्रीष्मालाई मृत्युदण्ड दिइएको थियो ।”

मृतक शेरोनका भाइ डा. शिमोन राजले बीबीसीसँग कुरा गर्दै भने, ”हामीले अपराधीलाई फाँसी दिन चाहेका थियौं । मुद्दाको नतिजा हाम्रो अपेक्षाअनुसार आयो । हामी यसमा खुसी छौं । फैसला सुनेर आमालाई राहत मिलेको छ ।”

उनले भने, ”मेरो दाइ अब हामीसँग छैन भन्ने कुरा हामीले कहिल्यै बिर्सने छैनौं । तर, अपराधीलाई मृत्युदण्ड दिइयो भने ठूलो राहत हो ।”

-बीबीसी हिन्दीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register