आजको राशीफल (२०८१ फागुन १९ गते सोमबार)
मेष : दिन मध्यम खालको छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि भने नयाँ रचना फुर्नेछ। ज्ञानमा प्रगति हुनेछ। नजिकका व्यक्तिले सहयोग गर्ने छन्। वृष : दिन सामान्य नै रहनेछ। अनपेक्षित शुभ समाचारले हौसला बढाउला। सजिलै अरूको विश्वास जित्न सकिनेछ। पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ। साँझमा भने केही पैसा खर्च हुन सक्छ। [...] The post आजको राशीफल (२०८१ फागुन १९ गते सोमबार) appeared first on Jhapa Online.

मेष : दिन मध्यम खालको छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मध्य दिनपछि भने नयाँ रचना फुर्नेछ। ज्ञानमा प्रगति हुनेछ। नजिकका व्यक्तिले सहयोग गर्ने छन्।
वृष : दिन सामान्य नै रहनेछ। अनपेक्षित शुभ समाचारले हौसला बढाउला। सजिलै अरूको विश्वास जित्न सकिनेछ। पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ। साँझमा भने केही पैसा खर्च हुन सक्छ।
मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। मनमा शान्ति छाउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। पुनर्मिलनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
कर्कट : उत्साह बढेकै हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। सेयर बजार र व्यापार व्यवसायबाट औसत लाभ हुनेछ।
सिंह : सुन्दरतामा धन खर्च हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। यात्रा फलदायी नहोला। प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। झैझमेलाको अवस्था आउला। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।
कन्या : बोलीको भरमा कार्य सम्पादन हुनेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। सामाजिक कृत्यमा सहभागिताको अवसर जुर्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। मनपर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
वृश्चिक : नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ। रमणीय र सुखद यात्राको योग छ।
धनु : समय प्रतिकूल भई कुलतमा मन जानेछ। सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मित्रताको बन्धन कसिने बेला छ। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ।
मकर : दिन अविस्मरणीय सम्झनाले बित्नेछ। शुभकार्यमा सहभागी भइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रणय प्रसङ्गका लागि समय राम्रो छ।
कुम्भ : दिन भाग्यशाली भएर देखा पर्नेछ। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
मीन : ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। राजनीतिक कार्यमा बाधा आउन सक्छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ।
The post आजको राशीफल (२०८१ फागुन १९ गते सोमबार) appeared first on Jhapa Online.
What's Your Reaction?






