बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

वालिङ, २२ फागुन । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले [...] The post बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ appeared first on Jhapa Online.

Mar 6, 2025 - 08:00
 0
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

वालिङ, २२ फागुन । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कास्की जिल्ला अदालतले फागुन २ गते जबरजस्ती करणी मुद्दामा गिरीलाई पक्राउको अनुमति दिएको प्रहरीको भनाई छ । पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको प्रकृति भने खुलाएको छैन ।

The post बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register