‘बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणाली सुधार्नुपर्छ’- पूर्वअर्थमन्त्री कार्की 

काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी […]

May 4, 2025 - 11:16
 0
‘बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणाली सुधार्नुपर्छ’- पूर्वअर्थमन्त्री कार्की 

काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको भूमिका स्पष्ट नभएको भन्ने गुनासो सुनिएको समेत बताएका छन् ।

राष्ट्र बैंकको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको सुझाव आवश्यक रहेको कार्कीको भनाई छ । उनले जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन, नेपाल राष्ट्र बैंकलाई स्पष्ट निगरानीको अधिकार प्रदान गर्न र डिजिटल बैंकिङको कानुनी आधार तयार गर्न नीतिगत सुधारको खाँचो रहेको औँल्याएका छन् । 

त्यस्तै, उनले साइबर सुरक्षा नीति र आपतकालीन पुनर्स्थापना नीतिलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । साथै ग्राहकको संरक्षण र दण्ड प्रक्रियालाई यथार्थपरक बनाउन कार्कीले विज्ञहरूको रायको अपेक्षा गरेका छन् । अन्य देशका प्रचलनहरूलाई पनि ध्यानमा राखेर गम्भीरताका साथ बहस गरी वित्तीय प्रणालीलाई जिम्मेवार र जोखिम मुक्त बनाउनुपर्नेमा समेत कार्कीले जोड दिएका छन् ।      

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register