बीमा कम्पनीको सीईओ बन्न प्राधिकरणको स्वीकृति नचाहिने !

काठमाडौँ । अबदेखि जुनसुकै बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति नचाहिने भएको छ । मंसिर २७ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बीमा कम्पनीको सीईओ नियुक्तिसम्बन्धी प्रावधान संशोधन गर्दै प्राधिकरणले बीमा कम्पनीको सीईओ नियुक्ति गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ । योसँगै अब […]

Dec 26, 2024 - 07:14
 0
बीमा कम्पनीको सीईओ बन्न प्राधिकरणको स्वीकृति नचाहिने !

काठमाडौँ । अबदेखि जुनसुकै बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति नचाहिने भएको छ । मंसिर २७ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बीमा कम्पनीको सीईओ नियुक्तिसम्बन्धी प्रावधान संशोधन गर्दै प्राधिकरणले बीमा कम्पनीको सीईओ नियुक्ति गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ ।

योसँगै अब बीमा कम्पनीको सीईओ नियुक्ति गर्न कम्पनीले प्राधिकरणको स्वीकृति लिनुपर्नेछैन । बरु, कम्पनीले सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न सक्नेछ ।

तर, सीईओ नियुक्त गरेको जानकारी सात दिनभित्र प्राधिकरणलाई दिइसक्नुपर्नेछ । यद्यपि कम्पनीले सीईओ नियुक्त गर्दा बीमा ऐनले तोकेको सर्त र योग्यता भने पूर्ण रुपमा पालना भएको हुनुपर्नेछ । यदि सीईओ नियुक्ति ऐनले तोकेको योग्यता विपरित देखिएमा प्राधिकरणले हस्तक्षेप गर्न सक्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register