‘ग्राहकका लागि असुरक्षित’ देखिएको नबिल स्टक डिलर बिक्री हुँदै, २ भेण्डरसँग कुराकानी जारी !  

काठमाडौँ । ग्राहकका लागि ‘साह्रै असुरक्षित’ देखिएको नबिल स्टक डिलर बिक्री हुने भएको छ । नबिल बैंकको सब्सिडियरी लगानी रहेको नबिल स्टकको लगानी राष्ट्र बैंकले प्रोभिजनमा राख्न लगाएपछि कम्पनी बिक्रीका लागि प्रक्रिया अघि बढाइएको हो ।  नबिल स्टक डिलरमा चौधरी ग्रुपका अध्यक्षसमेत रहेका बिनोद चौधरीको बहुमत सेयर रहेको नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ […]

Jan 19, 2025 - 11:03
 0
‘ग्राहकका लागि असुरक्षित’ देखिएको नबिल स्टक डिलर बिक्री हुँदै, २ भेण्डरसँग कुराकानी जारी !  

काठमाडौँ । ग्राहकका लागि ‘साह्रै असुरक्षित’ देखिएको नबिल स्टक डिलर बिक्री हुने भएको छ । नबिल बैंकको सब्सिडियरी लगानी रहेको नबिल स्टकको लगानी राष्ट्र बैंकले प्रोभिजनमा राख्न लगाएपछि कम्पनी बिक्रीका लागि प्रक्रिया अघि बढाइएको हो । 

नबिल स्टक डिलरमा चौधरी ग्रुपका अध्यक्षसमेत रहेका बिनोद चौधरीको बहुमत सेयर रहेको नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ । 

तर, नबिल स्टकमा बैंकले गरेको उक्त लगानी राष्ट्र बैंकले प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेपछि चौधरीले कम्पनी बिक्रीका लागि छलफल अघि बढाएका हुन् । हालसम्म चौधरीले दुई भेण्डरसँग कुरा गरिरहेको चौधरी निकट स्रोतले बताएको छ । 

चौधरीले कम्पनी बिक्रीका लागि व्यवसायी राजेन्द्र खेतानसँग कुराकानी गरिरहेका छन् । त्यस्तै, चौधरीले नबिल स्टक डिलर बिक्रीका लागि अर्को थप एक भेन्डरसँग पनि कुराकानी गरिरहेका छन् । नबिल बैंकको सब्सिडरी कम्पनी नबिल स्टक डिलर २०८० मंसिरदेखि सञ्चालनमा आएको थियो । 

यसो त नबिल स्टक डिलर सेयर लगानीकर्ताहरुका लागि असुरक्षित रहेको समेत पाइएको छ । कम्पनीबाट लगानीकर्ताको गोप्य रहनुपर्ने कारोबार विवरण नै गैरकानूनी रुपमा असम्बन्धित व्यक्‍तिकहाँ पुग्ने गरेको तथ्यसहितको समाचार अर्थ सरोकारले यसअघि नै सम्प्रेषण गरिसकेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register