तिब्बतमा विश्वकै ठूलो बाँध बनाउँदै चीन

काठमाडौं । चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध परियोजना स्वीकृत गरेको छ । यो बाँध तिब्बती पठारको पूर्वी भागमा बनाइनेछ । चाइना पावर कन्स्ट्रक्सन कर्पोरेशनअनुसार यो बाँध चीनको यार्लुङ जाङ्बो नदीको तल्लो भागमा रहनेछ । यसले हरेक वर्ष ३०० अर्ब किलोवाट बिजुली उत्पादन गर्ने बताइएको छ । विश्वको सबैभन्दा ठूलो बाँध अझै पनि मध्य चीनमा […]

Dec 26, 2024 - 11:35
 0
तिब्बतमा विश्वकै ठूलो बाँध बनाउँदै चीन

काठमाडौं । चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध परियोजना स्वीकृत गरेको छ ।

यो बाँध तिब्बती पठारको पूर्वी भागमा बनाइनेछ ।

चाइना पावर कन्स्ट्रक्सन कर्पोरेशनअनुसार यो बाँध चीनको यार्लुङ जाङ्बो नदीको तल्लो भागमा रहनेछ । यसले हरेक वर्ष ३०० अर्ब किलोवाट बिजुली उत्पादन गर्ने बताइएको छ ।

विश्वको सबैभन्दा ठूलो बाँध अझै पनि मध्य चीनमा अवस्थित छ, जसलाई थ्री गर्जेस बाँध भनिन्छ । यसले हाल ८८.२ बिलियन किलोवाट बिजुली उत्पादन गर्दछ । यसको अर्थ तिब्बतमा निर्माण भइरहेको बाँधले अहिलेकोभन्दा ३ गुणा बढी बिजुली उत्पादन गर्नेछ ।

यार्लुङ जाङ्बो नदीको लगभग ५० किलोमिटर २००० मिटरको उचाइमा बग्छ । यो आयोजनाले चीनको जलविद्युत आयोजनालाई सहज बनाउनेछ भने इन्जिनियरिङका लागि नयाँ चुनौती पनि दिने बताइएको छ ।

यसको निर्माणको कुल लागत १ ट्रिलियन युआन (१३७ अर्ब अमेरिकी डलर) अर्थात् १०.९६ लाख करोड भारुभन्दा बढी हुनसक्ने अनुमान छ । यसको मतलब यो संसारकै महँगो परियोजना हो । थ्री गर्जेस बाँधको लागत लगभग २५४.२ बिलियन युआन थियो ।

तिब्बत परियोजनामा ​​कति मानिस विस्थापित हुनेछन् र यसले पारिस्थितिक प्रणालीमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अधिकारीहरूले केही भनेका छैनन् ।

यो जलविद्युत् आयोजनाबाट चीनको आवश्यकताको एक तिहाइ विद्युत् उत्पादन हुने बताइएको छ । साथै, यसले वातावरण र नदीको बहावमा पनि गम्भीर असर पार्ने अनुमान छ ।

चीनको यो परियोजनाले भारत र बङ्गलादेशको चिन्ता बढाएको छ । यस विषयमा दुबै देशले आपत्ति जनाएका छन् । यो आयोजनाले नदीको बहावसँगै वातावरणमा पनि परिवर्तन ल्याउने उनीहरुको चिन्ता छ ।

तिब्बतपछि जब यार्लुङ जाङ्बो नदी भारतमा प्रवेश गर्छ, त्यसलाई ब्रह्मपुत्र भनिन्छ । यो अरुणाचल प्रदेश र असम हुँदै बङ्गलादेशमा जान्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register