कांग्रेस आईले गर्‍यो सात दिनका लागि तय आफ्ना सबै कार्यक्रम स्थगित

काठमाडौं । बिहीबार राति दिल्लीको एम्स अस्पतालमा निधन भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरलाई उनको निवासमा ल्याइएको छ । उनको पार्थिव शरीरलाई शुक्रबार बिहान दिल्लीस्थित निवासमा ल्याइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनखर, लोकसभा अध्यक्ष ओम बिर्ला, वित्तमन्त्री निर्मला सीतारमण, विपक्षी नेता राहुल गान्धी, केन्द्रीय मन्त्रीर […]

Dec 27, 2024 - 03:20
 0
कांग्रेस आईले गर्‍यो सात दिनका लागि तय आफ्ना सबै कार्यक्रम स्थगित

काठमाडौं । बिहीबार राति दिल्लीको एम्स अस्पतालमा निधन भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पार्थिव शरीरलाई उनको निवासमा ल्याइएको छ ।

उनको पार्थिव शरीरलाई शुक्रबार बिहान दिल्लीस्थित निवासमा ल्याइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनखर, लोकसभा अध्यक्ष ओम बिर्ला, वित्तमन्त्री निर्मला सीतारमण, विपक्षी नेता राहुल गान्धी, केन्द्रीय मन्त्रीर अन्य प्रमुख नेताहरूले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई)का अध्यक्ष मल्लिकार्जुन खड्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी, केसी वेणुगोपाललगायत धेरै कांग्रेस नेताहरू राति उनको निवास पुगेकाे बीबीसी हिन्दीकाे समाचारमा उल्लेख छ ।

केसी वेणुगोपालले ट्वीटरमार्फत पूर्वप्रधानमन्त्री सिंहको निधनका कारण कांग्रेस आईले आगामी सात दिनका लागि आफ्ना सबै कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन् ।

कांग्रेस आईले शुक्रबार कर्नाटकको बेलगावीमा ‘जय बापु, जय भीम, जय संविधान’ र्‍याली गर्ने कार्यक्रम थियो ।

बिहीबार साँझ स्वास्थ्य बिग्रिएपछि कांग्रेस आईका पूर्वनेतासमेत रहेका सिंहलाई एम्समा भर्ना गरिएको थियो र यहीँ उनले अन्तिम सास फेरेका थिए ।

मनमोहन सिंहका विशेषता : सादा जीवनदेखि यथार्थपरक विदेश नीतिसम्म

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register