सेयर बजारमा दोहोरो अङ्कको गिरावट, प्रभु बैङ्कमा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २६०९ दशमलव ५८ को विन्दुमा पुगेको छ । आइतबार ३१६ कम्पनीका ६६ हजार ७७४ पटकको कारोबारमा १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Dec 29, 2024 - 09:36
 0
सेयर बजारमा दोहोरो अङ्कको गिरावट, प्रभु बैङ्कमा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशमलव १२ अङ्कले घटेर २६०९ दशमलव ५८ को विन्दुमा पुगेको छ ।

आइतबार ३१६ कम्पनीका ६६ हजार ७७४ पटकको कारोबारमा १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७६४ रुपैयाँ रहेको छ ।

आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ  । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register