विराट साहित्य संगमको साहित्यिक भ्रमण उदयपुरमा समापन

उदयपुर । विराट साहित्य संगम विराटनगरले यही वैशाख २१ गतेबाट सुरु भएको पर्यटन प्रवर्धनकालागि गरिएको साहित्यिक यात्रा शुक्रवार उदयपुरको गाईघाटमा समापन भएको छ । सुनसरीको धरानबाट २१ गतेबाट प्रारम्भ भएको साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रममा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुर जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । सो भ्रमणमा विराट साहित्य संगमका […]

May 10, 2025 - 12:48
 0
विराट साहित्य संगमको साहित्यिक भ्रमण उदयपुरमा समापन

उदयपुर ।

विराट साहित्य संगम विराटनगरले यही वैशाख २१ गतेबाट सुरु भएको पर्यटन प्रवर्धनकालागि गरिएको साहित्यिक यात्रा शुक्रवार उदयपुरको गाईघाटमा समापन भएको छ ।

सुनसरीको धरानबाट २१ गतेबाट प्रारम्भ भएको साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रममा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुर जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । सो भ्रमणमा विराट साहित्य संगमका १९ जना साहित्यकारहरुको सहभागिता रहेको थियो ।

उदयपुरमा सो टोलीलाई उदयपुर साहित्य कला प्रतिष्ठान गाईघाटले स्वागत गरेको थियो ।  गाईघाटस्थित नेपाल निजामती कर्मचारी संगठनको सभाकक्षमा आयोजित सो कार्यक्रममा प्रमुखअतिथि प्राज्ञ तथा राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपालीले साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रमले स्थानीय व्यापार व्यवसाय बढ्नुका साथै साहित्यकारहरुको लेखकीय क्षमतालाई बढाउन पनि सहयोग पुग्ने बताए ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष सह प्राध्यापक डा. कैलाश कुमार राईको अध्यक्षता र महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको संचालनमा भएको सो कार्यक्रममा बासुदेव पोखरेल, जीवन काफ्ले,मिश्र वैजयन्ती, कविता केशरी, लक्ष्मी रायमाझी, सरिता पौडेल गुरागाईँ, उद्धव घिमिरे, शिव नारायण सिंगल, कौशल चेम्जोङ लगायतका स्रष्टाहरुले साहित्यिक पर्यटन प्रवर्धन कार्यक्रमका बारेमा आ आफ्नो धारणा राखेका थिए भने दर्जन बढी स्रष्टाहरुले कविता गीत गजल मुक्तक वाचन गरेका थिए । 

साहित्यिक पर्यटन प्रवर्धनका माध्यमबाट स्थानीय तह र साहित्यिक संघ संस्थाहरुसँग सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह हुने र साहित्यिक गतिविधिमा विस्तार भएकोले भ्रमणको आयोजना गरिएको सहभागिहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register