ऐतिहासिक महत्त्व बोकेको नवदुर्गा नाच (फोटोफिचर)

काठमाडौं । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच काठमाडौंको गोकर्णेश्वरस्थित देशेंमा सोमबारदेखि नचाउन सुरु भएको छ । सोमबार साँझ नचाइएको नाच मंगलबार (आज) बिहान पनि नचाइने छ । इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवि राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा यसको सुरुवात गरेका थिए । सदाकाल शत्रु, […]

Dec 31, 2024 - 02:29
 0
ऐतिहासिक महत्त्व बोकेको नवदुर्गा नाच (फोटोफिचर)

काठमाडौं । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच काठमाडौंको गोकर्णेश्वरस्थित देशेंमा सोमबारदेखि नचाउन सुरु भएको छ । सोमबार साँझ नचाइएको नाच मंगलबार (आज) बिहान पनि नचाइने छ ।

इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवि राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा यसको सुरुवात गरेका थिए ।

सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधिद्वारा देवदेवीलाई आहान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याइएको बताइन्छ ।

नवदुर्गा देवगणमा खिंःबाजा, तंःबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव लगायतका देवगण रहेका हुन्छन् ।

आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गा भवानीको प्रसाद दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने धार्मिक विश्वास रहिआएको छ ।

नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने र सबै प्रकारका डर-त्रासबाट मुक्ति मिल्ने जनविश्वास छ ।

हेरौं तस्वीरमा :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register