आज तीन संसदीय समितिको बैठक

काठमाडौं । सङ्घीय संसदअन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज (मङ्गलबार) बस्दैछन् । राज्य व्यवस्था तथा सुशासन समितिको ७०औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सङ्ंघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गरिने कार्यसूची रहेको छ । यस्तै, आजै […]

Apr 22, 2025 - 06:26
 0
आज तीन संसदीय समितिको बैठक

काठमाडौं । सङ्घीय संसदअन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज (मङ्गलबार) बस्दैछन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको ७०औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा सङ्ंघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बसिरहेको हो । खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितिमा बिहान ११ बजेपछि बैठक बसिरहेको हो ।
सिंहदरबारमा जारी बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताका सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही/कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट/कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेका छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी आज विधायन व्यवस्थापन समितिको ६३ औँ बैठक बस्ने भएको छ । सिंहदरबारमा अपराह्न १ बजे बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register