भारतलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बोर्डर–गावस्कर ट्रफीको पाँचौं तथा अन्तिम टेस्टमा भारतलाई ६ विकेटले पराजित गरेपछि अष्ट्रेलिया फाइनलमा पुगेको हो । सिड्नीमा खेलिएको अन्तिम टेस्ट म्याच तीन दिन मात्रै चलेको थियो र यो जितसँगै घरेलु टोली अष्ट्रेलियाले भारतलाई ३–१ ले पराजित गरेको छ । तेस्रो दिन […]

Jan 5, 2025 - 03:59
 0
भारतलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बोर्डर–गावस्कर ट्रफीको पाँचौं तथा अन्तिम टेस्टमा भारतलाई ६ विकेटले पराजित गरेपछि अष्ट्रेलिया फाइनलमा पुगेको हो ।

सिड्नीमा खेलिएको अन्तिम टेस्ट म्याच तीन दिन मात्रै चलेको थियो र यो जितसँगै घरेलु टोली अष्ट्रेलियाले भारतलाई ३–१ ले पराजित गरेको छ ।

तेस्रो दिन ब्याटिङमा आएको भारतीय टोली एक घण्टा पनि खेल्न नसकेपछि बिहान ६ः१५ बजेअघि अलआउट भएको थियो ।

अन्तिम टेस्टमा दुवै टोली पहिलो इनिङ्सका आधारमा लगभग बराबरीमा थिए ।

टस जितेर ब्याटिङ रोजेको भारतीय टोली पहिलो इनिङ्समा १८५ रनमा अलआउट भएको थियो भने अष्ट्रेलियाले पहिलो इनिङ्समा १० विकेट गुमाएर १८१ रन बनाएको थियो ।

यस आधारमा भारतले चार रनको सानो अग्रता पायो ।

भारतको दोस्रो इनिङ्स १५७ रनमा मात्र सीमित भयो र यसपछि अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।

भारतले पाँच खेलको सिरिजको पहिलो टेस्ट २९५ रनले जितेको थियो । यस्तै तेस्रो टेस्ट ड्र भयो र बाँकी तीन खेल अष्ट्रेलियाले जित्यो ।

सिड्नीमा भएको जितसँगै अस्ट्रेलियाली टोलीले १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी जितेको छ ।

अब साविक विजेता अष्ट्रेलियाले आगामी जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध उपाधि भिडन्त गर्नेछ । यो खेल इंग्ल्यान्डको लन्डनस्थित लर्ड्स मैदानमा हुनेछ ।

सिड्नी टेस्टको दोस्रो इनिङ्समा भारतीय टोली १५७ रनमै सीमित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register