एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायत जटिल रोगको उपचार मुगु अस्पतालमै सञ्चालन

मुगु । हिमाली जिल्ला मुगुको एकमात्र जिल्ला अस्पतालमा स्वास्थ्य सेवा दिन प्रतिदिन प्रभावकारी बन्दै गएको छ। अस्पतालमा आवश्यक सबै कुराको व्यवस्थापन राम्रोसँग गरिएको छ जसले स्वास्थ्य सेवामा सुधार ल्याएको हो। विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, एक्स–रे र भिडियो एक्स–रे सेवा, साथै आधुनिक स्वास्थ्य उपकरणहरूको उपलब्धता, र अस्पताल परिसरमा सुलभ ओषधि पसलको व्यवस्थापनले बिरामी र उनीहरूको सँगसँगै आएका […]

Feb 4, 2025 - 10:41
 0
एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायत जटिल रोगको उपचार मुगु अस्पतालमै सञ्चालन

मुगु ।

हिमाली जिल्ला मुगुको एकमात्र जिल्ला अस्पतालमा स्वास्थ्य सेवा दिन प्रतिदिन प्रभावकारी बन्दै गएको छ। अस्पतालमा आवश्यक सबै कुराको व्यवस्थापन राम्रोसँग गरिएको छ जसले स्वास्थ्य सेवामा सुधार ल्याएको हो।

विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, एक्स–रे र भिडियो एक्स–रे सेवा, साथै आधुनिक स्वास्थ्य उपकरणहरूको उपलब्धता, र अस्पताल परिसरमा सुलभ ओषधि पसलको व्यवस्थापनले बिरामी र उनीहरूको सँगसँगै आएका परिवारजनलाई सहज बनाएको छ।

कोरिया सरकारको सहयोगमा निर्मित नयाँ सफा र व्यवस्थित अस्पताल भवनका कारण अब बिरामीहरूले गुणस्तरीय सेवा पाउन थालेका छन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लका अनुसार ‘सामान्य प्रकारका बिरामीहरू पनि अब थप उपचार गर्न जिल्ला बाहिर जानु नपर्ने भएको छ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वयमा अस्पतालमा विशेष चिकित्सकहरूको व्यवस्थामा समेत गरिएको छ।’

अध्यक्ष मल्लका अनुसार, केही महिना अघि अस्पताल भित्रै औषधी पसलको पनि व्यवस्थापन गरिएको छ। हालै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट एक जना एमडी जीपी चिकित्सक डा. अभिषेक मिश्र खटिएका छन् । , बालरोग विशेषज्ञ डा। निर्मल नगरकोटी गते जेठ महिनादेखि अस्पतालमा कार्यरत थिए । अहिले अस्पतालमा दुई जना विशेषज्ञ चिकित्सकसहित १० जना चिकित्सक कार्यरत छन् ।

थप विशेषज्ञद्वारा सेवा उपलब्ध भएपछि अस्पतालमा गर्भवती महिलाहरु, एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायत जटिल रोगहरूको उपचार अब जिल्लामै सम्भव भएको छ।

अस्पतालका स्वास्थ्य सेवा व्यवस्थापक डा। निर्मल नगरकोटीका अनुसार, ‘रोगसम्बन्धी सेवामा उल्लेखनीय सुधार आएको छ, र एमडी जीपी सेवा पुनः सञ्चालनमा आएसँगै गर्भवती, सुत्केरी, एपेण्डिसाइटिस, हर्निया र हाईड्रोसिलका शल्यक्रियाहरू पनि जिल्लामै सम्भव भएका छन्।’

स्थानीय बासिन्दाहरुले मुगु जिल्लाको दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार हुनु ठुलो उपलब्धि भएको बताएको छन् । यसले विशेष गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register