एनआरएनए यूके एकता अधिवेशन सम्बोधन गर्न डा घले बेलायतमा

लन्डन- एनआरएनए उच्चस्तरीय समितिका संयोजक लन्डन आइपुगेका छन्। आइतबार अलडरसटमा तय एनआरएनए यूके एकता अधिवेशनलाई सम्बोधन गर्न उनी शनिबार बिहान लन्डन आइपुगेका हुन्। एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, एनआरएनए आइसिसी उपाध्यक्ष थर्कसेन लगायतले डा घलेलाई हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए। एनआरएनए यूके एकता अधिवेशनका लागि आएका घले दुई दिन मात्रै […]

Mar 22, 2025 - 08:30
 0
एनआरएनए यूके एकता अधिवेशन सम्बोधन गर्न डा घले बेलायतमा

लन्डन- एनआरएनए उच्चस्तरीय समितिका संयोजक लन्डन आइपुगेका छन्।

आइतबार अलडरसटमा तय एनआरएनए यूके एकता अधिवेशनलाई सम्बोधन गर्न उनी शनिबार बिहान लन्डन आइपुगेका हुन्।

एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्री, एनआरएनए आइसिसी उपाध्यक्ष थर्कसेन लगायतले डा घलेलाई हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए।

एनआरएनए यूके एकता अधिवेशनका लागि आएका घले दुई दिन मात्रै बेलायतमा रहनेछन् । उनले आगामी मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा तय एनआरएनए केन्द्रको एकता अधिवेशन सफल बनाउन अपिल गर्ने कार्यक्रम छ।

एनआरएनए यूके एकता अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्रीले डा घलेको आगमनले बेलायतमा एकता अधिवेशनका लागि उत्साहपूर्ण वातावरण बनाएको विश्वास व्यक्त गरेका छन्।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले डा घलेको प्रमुख आतिथ्यमा आइतबार अल्डसटको द प्यालेसमा हुने एकता अधिवेशनमा सहभागी हुन बेलायतवासी सबै गैरआवासीय नेपालीलाई आव्हान गरेका छन्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register