महिला दिवसमा प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल

भद्रपुर, २४ फागुन । झापा भद्रपुरको प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफुललगायत पौष्टिक खाना वितरण गर्दैै अखिल नेपाल महिला संघ झापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अस्पतालमा उपचारत रहेका विरामीहरुलाई आज पौष्टिक खाद्य पदार्थ वितरण गरेर ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो । अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले, जिल्ला अध्यक्ष [...] The post महिला दिवसमा प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल appeared first on Jhapa Online.

Mar 8, 2025 - 15:43
 0
महिला दिवसमा प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल

भद्रपुर, २ फागुन । झापा भद्रपुरको प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफुललगायत पौष्टिक खाना वितरण गर्दैै अखिल नेपाल महिला संघ झापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

अस्पतालमा उपचारत रहेका विरामीहरुलाई आज पौष्टिक खाद्य पदार्थ वितरण गरेर ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो । अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले, जिल्ला अध्यक्ष लीला दाहाल लगायत जिल्लाका पदाधिकारीहरुले अस्पतालमा रहेका ८२ जना विरामीलाई फलफुल, हर्लिक्स लगायत पोषण युक्त खानेकुरा वितरण गरिएको अनेम संघ जिल्ला सचिव कोपिला चम्लागाईले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष काफ्लेले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन रहेको बताइन् । उनले नारी दिवसका दिन विशेष महिला दिदीबहिनीहरुले रचनात्मक काम गरेर मनाउने गरिएको छ । त्यसै क्रममा आज भद्रपुर प्रादेशिक अस्पतालमा उपचार गराइरहनु भएका सबै विरामीहरुलाई उहाँको स्वास्थ्य अवस्था बुझ्दै पौष्टिक युक्त खाद्य पदार्थ वितरण गरेर अनेम संघ जिल्ला कमिटीले प्रंशसनीय काम गरेको उपाध्यक्ष काफ्लेको भनाई थियो ।

त्यसै गरी अनेम संघ जिल्ला कमिटी झापाले आजै मेचीनगरको भृकुटीका ५ जना श्रमिक महिला हडकेश लगायत सामाग्री वितरण गरेको छ । अनेम संघले विभिन्न विधामा श्रमिकका रुपमा काम गर्ने महिला दिदीबहिनीहरुलाई काममा जाँदा खाजा वा खाना बोक्नका लागि सहज होस भन्ने उद्देश्यले हडकेश वितरण गरेको जनाएको छ । भृकुटीमा आयोजना गरिएको कार्यक्रममा १५ जना युवा महिलाहरुबीच बक्तृत्वकला समेत गराइएको अनेम संघ सचिव चम्लागाईले जानकारी दिइन् ।

कार्यक्रममा अनेम संघ जिल्ला अध्यक्ष लीला दाहाल, अनेम संघ प्रदेश सचिव हेमला कट््टेल , निवर्तमान अध्यक्ष पवित्रा पाठक, नेकपा एमाले केन्द्रिय सदस्य मिना उप्रेती, प्रदेश कमिटी सदस्य बसन्त बानिया, घनश्याम अधिकारी, शिव राजभण्डारी, जिल्ला कमिटी उपसचिव असारु राजवंशी, पार्टी सल्लाहकार सदस्य विष्णु प्रसाई, भद्रपुर अस्पतालका डा। रामबाबु खड्का लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अनेम संघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईले गरेकी थिइन् । कार्यक्रममा ५ सय बढी महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

The post महिला दिवसमा प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register